Header Ads

पैसाको दुरुपयोग भए राष्ट्र बैंक चुप लागेर बस्दैन : गर्भनर

बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक तथा वित्तीय संस्थालाई वित्तीय सुशासनमा रहेर काम गर्न निर्देशन दिएका छन् ।

 शुक्रबार नेपाल राष्ट्र बैंकले बुटवलमा आयोजना गरेको जिल्लामा रहेका बैंक तथा वित्तीय संस्था, उद्योगी व्यापारीसँगको अन्तरक्रियामा उनले जनताको पैसाको दुरुपयोग हुँदा राष्ट्र बैंक चुप लागेर बस्न नसक्ने बताए ।

 वित्तीय नीतिको दायरामा रहेर काम गर्न आग्रह गर्दै उनले त्यसो हुन नसके वित्तीय अपराध अनुसारको कारबाही हुने पनि बताए ।

 सो अवसरमा अर्थविदहरु डा. शंकर नेपाल र डा. ताराप्रसाद उपाध्यायले आर्थिक क्षेत्रमा सुशासनको अवस्था बिकराल बन्दै गएको बताए ।
Powered by Blogger.