Header Ads

यी हुन्, जेठीलाई धरधरी रुवाएर कान्छी भित्र्याउने नेता !

काठमाडौं, चैत २८ । विहे गर्नु वा नगर्नु कुनै पनि व्यक्तिको ईच्छाको विषय हो । तर, बहुविवाह व्यक्तिको ईच्छा भित्र पर्दैन । पहिलो श्रीमतीसँग सम्वन्ध विच्छेद भईसकेपछि हुने विवाहलाई कानुनी छुट दिएको छ तर घरमा श्रीमती हुदाँहुँदै अर्की श्रीमती ल्याउने छुट नेपालको कानुनले दिएको छैन ।
subash

तर, नेपालमा धेरै यस्ता नेता छन् जसले घरमा जेठी श्रीमति हुँदाहुँदै जेठीलाई रुवाएर कान्छी भित्र्याएका छन् । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री सुशिल कोइराला अविवाहित छन् तर मर्यादाक्रममा उनीभन्दा एक तह मात्र मुनि रहेका सभामुख सुवास नेम्वाङका श्रीमती दुईटी छन् । नेम्वाङ अहिले काठमाण्डुमा कान्छी श्रीमतीसँग बस्छन् । उनकी जेठी श्रीमती विराटनगरमा प्लान ईन्टरनेशनल नामक अन्ततर्राष्ट्रिय दातृ निकायमा काम गर्छिन् । कान्छी श्रीमती भने बुटिक व्यवसायमा संलग्न छिन् ।
नेम्वाङमात्र होइन, राजनीतिमा लागेर प्रधानमन्त्री, मन्त्री र पार्टीमा राम्रो हैसियत बनाएका थुप्रै नेताहरु पनि विवाहको मामिलामा चुकेका छन् । घरमा श्रीमती हुँदाहुँदै धेरैले कान्छी ल्याएका छन् । कसैले दुईटी श्रीमतीलाई घरमा मिलाएरै राखेका छन् भने कसैले घर झगडाको डरले बाहिरै बसोबासको बन्दोबस्त मिलाएर राखेका छन् ।
Tulsi Giri
पुर्वप्रधानमन्त्री तुल्सी गिरीका श्रीमती दुईटी थिए । जेठी श्रीमतीको केहि वर्ष पहिले निधन भएको छ । अहिले उनी कान्छी श्रीमती सहारा योन्जनसँग बस्छन् । उनीहरु वीचको उमेरमा २० वर्षभन्दा बढीको अन्तर भएको बताईन्छ ।
lokendra-bahadur-chand
नेपालको राजनीतिका बाह्रौ खेलाडीका रुपमा चिनिने अर्का पुर्वप्रधानमन्त्री लोकेन्दबहादुर चन्दका पनि दुईटी श्रीमती छन् । दुवै श्रीमती चन्दसँगै छन् ।
राजनीतिकरुपमा अरु भन्दा कम्युनिष्टहरु बढी यस्ता कुुरामा कट्टर मानिन्छन् । जातीय भेदभावको विरोध गर्ने र महिला अधिकारका चर्का कुरा सिकाउने उनीहरु व्यवहारमा भने स्खलित देखिएका छन् । संगठन निमार्णका बेला बहुविवाहको चर्काे विरोध गर्ने उनीहरु नै बहुविवाह गर्नेमा अगाडी देखिएका छन् । बहुविवाह गर्नेलाइ माओवादीले भाटे कार्वाही गर्ने देखि लिएर ‘जन अदालतमा’ उभ्याउने समेत गर्थे ।
तर अहिले बहुविवाह गर्ने केन्द्रिय नेताहरुमा एमालेका र माओवादीका कै नेता अगाडी छन् । कांग्रेसमा भने बहुविवाह गर्ने भन्दा एकल बढी छन् ।
मन्त्री समेत भईसकेका एमाले स्थायी समिति सदस्य छबिलाल विश्वकर्माका पनि श्रीमती दुइटी छन् । तर कान्छी श्रमितीलाई भने उनले अझै घरमा भित्र्याएका छैनन् ।
karna & kamala
सुशिल कोइरालाको नेतृत्वको सरकारमा महेश बस्नेत भन्दा अगाडी उद्योग मन्त्री रहेका एमाले पोलिट्व्यूरो सदस्य कर्णबहादुर थापा पनि दुई श्रीमतीका श्रीमान् हुन् । बाजुरा जिल्ला कमिटीको सचिव भएका बेला कमला ओलीलाई कान्छी श्रीमतीका रुपमा भित्र्याएपछि बहुविवाह गरेको भन्दै एमालेले उनलाई कार्वाही स्वरुप बाजुुराको सचिववाट हटाएको थियो ।
birodh and munu
एमालेका केन्द्रिय सदस्य तथा मकवानपुरका नेता विरोध खतिवडाले जिल्ला अध्यक्ष भइसकेपछि विद्यार्थी नेतृ मुनु सिग्देललाई कान्छीका रुपमा भित्र्याएका हुन् । उनले पहिलो पटक ल क्याम्पस पढ्दा काठमाण्डुकै नेवार कि छोरीसँग अन्र्तजातीय विवाह गरेका थिए । उनकी जेठी श्रीमती बन विभागमा जागीरे छिन् ।
ganesh timilsina
पोलिट्व्यूरो सदस्य गणेश तिमिल्सिनाका श्रीमती पनि दुइटी छन् । स्वास्थ्यमन्त्री समेत रहेका एमालेका अर्का नेता खगराज अधिकारीले भने जेठी श्रीमतीसँग डिभोर्स गरेर गत असारमा अर्को विवाह गरेका छन् ।
rabindra
माओवादी, एमाले हुँदै अहिले सक्रिय दलीय राजनीतिबाट विस्मृतिमा पुगेका रवीन्द्र श्रेष्ठका श्रीमती पनि दुईटी छन् । माधव नेपाल नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री रहेका उनले मन्त्रीवाट हट्नासाथ अखिल कि एक नेतृलाई भगाएका थिए । उनीहरु अहिले जेठी श्रीमतीलाई छाडेर स्वयम्भूतिर छुट्टै डेरा लिएर बस्दै आएका छन् ।
ram_karki
एमाओवादी नेता राम कार्की पनि दुइटी श्रीमती भित्र्याउनेमा पर्छन् । पहिले नुवाकोटकी जमुना थापासँग विवाह गरेका कार्कीले सिक्किमलाई दोश्रो ससुराली बनाएका छन् । उनकि कान्छी श्रीमति सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको सेक्रेटरी छिन् ।
Hemanta-Prakash-Oli
त्यस्तै अर्का नेता हेमन्तप्रकाश वलीका श्रीमति पनि दुइटी छन् । केन्द्रीय कमिटीभन्दा मुनि अगुवा कार्यकर्ताको तहमा हेर्ने हो भने त बहुविवाह गर्नेहरुको लामै लश्कर छ ।-काठमाण्डुटुडे
Powered by Blogger.