Header Ads

नेशनल भिजनले शुरु गर्यो अनलाइन टेलिभिजन

काठमाडौँ, उद्धव तमाङ । नेशनल भिजन मिडिया ग्रुप प्रा.लि. द्धारा सञ्चालित यस न्यूज अभियान डट कमले नयाँ बर्ष २०७२ को शुरुवात संगै अनलाइन टेलिभिजनको प्रारम्भ गरेको छ ।

सूचना तपाइको अभियान हाम्रो नाराका साथ अगाडी बढी रहेको यस नेशनल भिजन मिडिया ग्रुपको अर्को प्रस्तुति अनलाइन टेलिभिजन (NA Online Television) शुरु गरेको मिडिया ग्रुपका अध्यक्ष सागर श्रेष्ठले बताउनु भयो ।
यस टेलिभिजनमा मुलुकमा भई रहेको राजनीतिक, धार्मिक, सामाजिक, खेलकुद, मनोरन्जन, सूचना, र महिला बालबालिकामा भएका हिँसाहरु बिरुद्ध आवाज उठाउदै आउने र यस्ता गतिबिधिहरुको सम्बन्धित स्थानमा पुगेर भिडियो रिपोर्ट गरि यस टेलिभिजनबाट प्रसारण गर्ने श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठले बिगत १ बर्ष देखि कार्यक्रम साझा भिजन पनि संचालन गर्दै आउनु भएको थियो, भने अब नयाँ बर्ष संगै यो कार्यक्रम एनए अनलाइन टेलिभिजनबाट प्रशारण गरिने बताउनु भयो ।

यस सुखद उपलक्ष्यमा सम्पूर्ण पाठक, दर्शकबृन्द , बिज्ञापनदाता र शुभेभ्छुकहरुमा आभार प्रकट गर्दै यस टेलिभिजन मार्फत यहाँको राय, सल्लाह, सुझाब, जिज्ञासा र प्रसारण योग्य सामग्री आफु संग भएका भिजनहरु भएमा सिधै सम्पर्क समेत गर्न आग्रह गर्नु भयो ।

साथै नयां वर्ष २०७२ सालको पावन अबसरमा हाम्रा पाठक, दर्शक, विज्ञापनदाता, शुभचिन्तक सबैको उत्तरोतर प्रगति र सु स्वास्थ्यको कामना गर्दछौं ।-न्यूज अभियान डटकम तथा एनए टेलिभिजन परिवार !
टेलिभिजन लिंक यहाँ क्लिक गर्नुहोस !
Powered by Blogger.