Header Ads

८१ वर्षको उमेरमा अस्ताइन् लोकगायिका पराजुली

पोखरा , बैशाक १  । पुरानो भाकाकी संकलक तथा लोकगायिका बदसरा पराजुलीको मंगलबार पोखराको रामघाटमा अन्तेस्टी भएको छ । सोमबार साझँ घर मै निधन भएकी पराजुलीको रामघाटमा अन्तेस्टी भएको हो । पराजुलीलाई जेठा छोरा विश्वेश्वर पराजुलीले दाग्वती दिएका थिए ।

 क्यन्सर रोगबाट पिडित पराजुलीको ८१ वर्षको उमेरमा निधन भएको थियो । बदसराले पृुरानो तीज भाका संरक्षणका लागी हम्काइलो र तीज गितका पुराना गितहरुको संकलन र आफैले गाएर एल्वम समेत बजारमा ल्याएकी थिइन् । सामाजीक काममा समेत सक्रय पराजुलीले भदौरे तामागी गाविसको चैनपुरमा जन्मेर चापाकोट गाविसको ऐसेलुचौरमा घर जम्म गरेकी थिइन् ।

विवाहको छोटो समयमा नै विधुवा बनेकी उनले त्यस क्षेत्रमा विभिन्न ठाउँमा चौतारा र कुवा बनाउनुको साथै आमा समुहमा पनि सक्रय रुपमा लागेकी थिइन् । उनका दुबै छोरा शिक्षा क्षत्रेमा अहिले सम्म पनि संक्रिय रुपमा लागी रहेका छन् । जेठा छोरा विश्वेश्वर पराजुलीले विद्यालय सन्चालनको साथै चित्रकार हुने । उनि नेपाल ट्रेड युनियन काग्रेस कास्कीको पूर्व अध्यक्ष हुन् ।

अर्का छोरा डा मोतीलाल पराजुली त्रिभुवन विश्व विद्यालयमा प्रध्यापक रहेका छन् । उनका दुई छोरा, ६ छोरी, नातीनातीना र पलातीपलातीनी छन् । नेपाली काग्रेसमा सक्रिय बदसरा पराजुलीलाई नेपाली काग्रेसका नेता सोभियत बहादुर अधिकारीले नेपाली काग्रेसको झण्डा ओढाएका थिए ।

अधिकारीले नेपाली काग्रेसमा पराजुलीले पु¥याएको योग्दान, समाज सेवा र नेपाली लोकभाकाको संरक्षण पु¥याएको योग्दानको बारेमा चर्चा गरेका थिए ।-न्यूजअभियानबाट 
Powered by Blogger.