Header Ads

सोनाक्षी भन्छिन्–नारी सशक्तिकरण यौन स्वतन्त्रता होइन

एजेन्सी । दीपिका पादुकोणको भिडियो (माइ ज्वाइस) लाई जति दर्शकले मन पराएका छन् त्यति नै दर्शकले मन पराएका छैनन् । नारी सशक्तिकरणलाई नयाँ शिराबाट देखाउन बनाइएको उक्त भिडियोका विषयमा धेरैले खुलेर आपत्ति जनाइरहेका छन् ।

आपत्तिक जनाउनेहरुको सूचीमा सोनाक्षी सिन्हा पनि थपिएकी छन् । दीपिकाको भनाइमा उक्त भिडियोको माध्यमबाट उनले आफ्नो अभिव्यक्ति स्वतन्त्रता व्यक्ति गरेकी हुन् । तर, सोनाक्षी सिन्हा भन्छिन्–मैले अहिलेसम्म दीपिकाको उक्त भिडियो हेरेकी छैन ।

तर, मलाई थाहा भएसम्म उक्त भिडियो महिला सशक्तिकरणका विषयमा बनाइएको हो । सोनाक्षीले अगाडि भनिन्–तर मेरो विचारमा सशक्तिकरण ती महिलाको गर्नु आवश्यक छ, जसलाई यसको आवश्यका छ । हामी जस्ता सुख र समृद्धिमा हुर्केकाहरुका लागि होइन ।

सोनाक्षीले यो पहललाई सकारात्मक भनिन् तर उनी भन्छिन्–महिला सशक्तिकरणको अर्थ यो होइन कि तपाई कस्तो कपडा लगाउनु हुन्छ वा कोसँग सेक्स गर्न चाहनुहुन्छ । मेरा लागि सशक्तिकरण हो, महिलालाई रोजगारी दिन र सक्षम बनाउन ।

सोनाक्षीले भिडियोको पहल सकारात्मक भन्दै यसलाई समाजको तल्लो तहसम्म पुराउनुपर्ने पनि बताइन् । उक्त भिडियोमा दीपिकाका साथै निमरत कौर जोया अख्तरजस्ता बलिउड हस्ती पनि छन् ।
Powered by Blogger.