Header Ads

डा. केसीको अवस्था नाजुक !

काठमाडौं, चैत १९ । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बन्दै गएको छ । उनी ओछ्यानबाट दायाँबायाँ सर्न नसक्ने भएका छन् ।

उनी बेलाबेला अर्धबेहोस हुने समस्याबाट समेत ग्रसित हुन थालेका छन् । भोको पेटका कारण छाति र पेट पोल्ने समस्या निरन्तर देखिएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन निरन्तर रुपमा दिनुपरेको उपचारमा संलग्न चिकित्सक सबिन थपलियाले बताए ।

सलाइन दिइरहेका नसामा समस्या भएपछि वैकल्पिक स्थानको खोजी भइरहेको उनले बताए । मुटुको धड्कन असन्तुलन भएपछि चिकित्सक तयारी अवस्थामा छन्,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.