Header Ads

७ फुट ८ इन्च अग्ला युवकको आधा कदकी युवतीसँग माया बसेपछि….

एजेन्सी । ब्राजिलका ७ फिट ८ इन्च अग्ला जोलिसन फर्नाडिजको आफूभन्दा आधा कदकी युवती इभेमसँग माया बस्यो । उनीहरुले विवाह पनि गरे । यसले उनीहरुलाई केही फरक परेको छैन । तर, यो जोडी देख्नेहरु भने आश्चर्यमा पर्ने गरेका छन्। २८ वर्षीय फर्नाडिजको कद सानै उमेरबाट तिब्रताका साथ बढेको थियो । धेरै अग्लो भएकै कारण अन्य बालबालिकाले जिस्काएका कारण उनले विद्यालय छाडे । केही समयपछि उनको कद दैत्यको जसरी बढ्यो र लाजले उनी घरमै लुकेर बस्न थाले । ब्राजिलका यी जेन्टल जाइन्टको जिन्दगीमा ५ फुट अग्ली इभेम मेडिरासका रुपमा खुसी लिएर आयो ।

२१ वर्षीया इभेमसँग उनी अनलाइनमा भेटेका थिए । त्यहीबाट उनीहरुबीचको प्रेम फस्टायो । जोलिसन भन्छन्–मैले इभेमलाई पहिलोपटक देख्ने बित्तिकै माया बस्यो । उनलाई देख्ने बित्तिकै मलाई लाग्यो कि अब बाँकी जीवन उनैसँग बिताउनुपर्छ। उनको उचाईले मलाई केही असर गरेन । उनले बताए कि मानिसहरु हाम्रा बारेमा जान्नका लागि उत्सुक रहने गर्दछन् । जब कसैले मेरो जुत्ताको साइज सोध्छन् तब उनीहरु हाम्रो सम्बन्धका विषयमा थाहा पाएर आश्चर्यमा पर्छन् । जोलिसनको पालनपोषण उत्तरी ब्राजिलको पराइबा गाउँमा भएको हो ।

आफ्नो विशालकाय शरीरका विषयमा हरेकले उनलाई हाँसोको पात्र बनाउने गरेको थियो । जोलिसनकी ४५ वर्षीया आमा इभानिल्डे डा सिल्भाले भनिन्–मेरो छोरालाई युवा उमेरमै यस्तो आभास भएको थियो कि आमाले लगातार बजार गएर नयाँ जुत्ता किनेर ल्याउनु पर्दथ्यो । चिकित्सकले पछि पत्ता लगाए कि जोनिसनलाई पिट्युटेरी ग्लेन्डस (पीयूष ग्रन्थी) मा बेनाइल ट्युमर छ । जसले अनियन्त्रित मात्रामा ग्रोथ हार्मोन उत्पादन गर्दछ । जोनिसनले सुरुवातमा यो ट्युमर हटाउन अस्वीकार गरे । जबकि यसबाट उनको मृत्युसमेत हुन सक्ने चेतावनी दिइएको थियो ।

तर, उनी ट्युमर हटाएर तीन महिनासम्म अस्पतालमा बस्न चाहँदैन थिए । तर, २००७ मा परिवारको दबावमा उनी तयार भए । नाकको माध्यमबाट लेजर सर्जरी गरेर ट्युमर हटाइयो । यो सफल अपरेशनले उनको बढ्दो उचाई केही नियन्त्रणमा आयो । तर, फेरि पनि उनी चार इन्च बढे । अहिले उनको कद ७ फिट ८ इन्च छ । त्यसैले जोनिसनलाई ब्राजिलको सबैभन्दा अग्लो पुरुषको उपाधि दिइएको छ। उनी सुरुमा सुनको खानीमा काम गर्दथे । उनी वृक्षारोपण गर्दथे । तर स्वास्थ्यमा समस्या आएपछि उनले काम छाडे ।

उनी अहिले फ्रोजन खाने विज्ञापनमा देखिन्छन्। यही नै उनको आयको माध्यम हो । आफ्नो र इभेमको बारेमा जोनिसन भन्छन्–हामी दुई निकै खुसी छौ र इभेम मेरो खुबै ख्याल राख्छिन् । सुरुमा उनी मेरासामु आउन डराउँथिन् तर अहिले हाम्रो सम्बन्ध सामान्य छ। -एजेन्सीको सहयोगमा ।
Powered by Blogger.