Header Ads

१० वर्ष छबिसँगै बसे पनि म अहिलेसम्म भर्जिन छु : रेखा थापा

सिनेमा क्षेत्रकै चर्चित नायिका रेखा थापा गसिप क्विन हुन् भन्ने त सबैलाई थाहा छ । तर सबैलाई थाहा भएकै कुरामा पनि रेखा कहिलेकाही धुलो छर्न खोज्छिन् । रेखा थापा र निर्माता छविराज ओझालाई एउटै कार्यक्रममा देख्न मुश्किल नै पर्छ । भोगटेको रुखमुनी एकसाथ शित्तल छाहारी ताप्दै जिन्दगी कटाउने उनीहरुको वाचा पनि लामो समयसम्म चल्न सकेन ।

यसैले यतिबेला छवि केही मौन छन् । रेखालाई त सधै चर्चा चाहिन्छ, चाहे सकारात्मक वा नकारात्मक नै किन नहोस् । निर्देशक सविर श्रेष्ठ पनि बाठा नै थिए । रेखा र छविलाई एकसाथ बोलाइदिएपछि मिडियामा आफ्नो चलचित्र ‘आधी बाटो’को चर्चा खुबै हुन्छ भन्ने उनको सोचाई थियो होला ।
कार्यक्रममा रेखा र छविको कुराकानी भएको देख्न पाइएन । हलभित्र पनि रेखा आफ्ना निकटका साथीहरुसँग नै बसिन् । देशकै हट हिरोइन पुगेपछि मिडियाका क्यामेरा सोझिनु त स्वभाविक नै हो । जसका कारण सिनेमाकी मुख्य हिरोइन जेनिशा केसी नै ओझेलमा परिन् । भलै उनको अभिनयको चर्को आलोचना भयो ।

कुराकानी गर्दै जादा रेखाले आफूले बिहे कहिल्यै नगरेको वकालत गरिन् । त्यति मात्रा कहाँ होर उनी आफू अहिलेसम्म भर्जिन भएको दाबी गरिन् उसो त छविसँग टाढा भएपछि उनले यस्तो भनेको पहिलो पटक होइन । तर सबैलाई थाहा छ, रेखा र छवि एक दशकसम्म सँगै बसेका हुन् ।

तर पनि रेखा बारम्बार आफूले कहिले बिहे नगरेको भन्ने जवाफ फर्काएर के सावित गर्न चाहन्छिन् । तपाई के दोश्रो बिहे गर्दै हुनुहुन्छ, एक प्रसंगमा प्रश्न भूइबाट झर्ने वित्तिकै रेखाले फ्याट्ट जवाफ फकाइन्, ‘मेरो बिहे चै कहिले भएको थियो र ?’ निर्माता छविराज ओझा भने आफू नयाँ बर्ष नलागेसम्म केही पनि नबोल्ने बताइरहेका थिए । यता रेखाको केटाकेटीपना भने पपकर्न र कफिसँगै उम्लिरहेको थियो ।

छविसँगै बसेर घरवार एक दशक चलाएकी यी नायिका आखिर बिहे नगरेको बताएर के साबित गर्न चाहन्छिन्, धेरै यस्तै सोचिरहेका छन् ।
Powered by Blogger.