Header Ads

अफगान सेनाकी पहिलो महिला पाइलट - १८ वर्षीया निलोफर रहमानी

मुम्बाई, एजेन्सी । केही वर्ष अघिसम्म अफगानिस्तानमा महिला आफ्नो शरीर पूरै नढाकी घरबाट बाहिर निस्कन पाउँदैन थिए । तर, १८ वर्षीया निलोफर रहमानीको सपना जसरी पनि पाइलट बन्नु थियो ।

प्रतिकुल माहौल भएपनि उनले अफगान एयरफोर्समा सामेल भइन् । उनीमाथि आतंकवादी देखि परिवारका अन्य सदस्यहरुले पनि ज्यान मार्ने धम्कीसमेत दिए । अहिले निलोफर २३ वर्षकी भएकी छिन् र अफगानिस्तानको इतिहासमा पहिलो महिला फिक्स विंग एयरफोर्स एभिएर बनेकी छिन् ।

सन् २००१ मा तालिवानको शासन सकिएपछि उनी अफगानिस्तान सेनाको पहिलो महिला पाइलट बन्न सफल बनेकी हुन् । हालै मात्र अमेरिकी विदेश मन्त्रालयले उनलाई इन्टरनेसनल वुमेन अफ करेज अवार्ड समेत दिएको छ ।

 क्याप्टेन निलोफरका अनुसार उनले फ्लाइङ स्कूल जानुभन्दा पहिले अंग्रजी सिकिन् र सन् २०१० मा अफगान एयरफोर्सको अफिसर ट्रेनिङका लागि छनौट भइन् । सन् २०१२ मा जुलाईमा उनी सेकेण्ड लेफ्टिनेन्ट बनिन् र पहिलो पटक सेसना–१८२ नामक विमान उडाइन् ।

त्यसपछि उनको हौसला अझै बढ्यो र एड्वान्स फ्लाइङ स्कूलमा भर्ना भइन् । उनले अब सी–२०८ मिलिटरी कार्गो विमान पनि उडाउने छिन् । उनी अब फ्लाइट इन्सट्रक्टर बन्न चाहन्छिन् ताकी अन्य महिलालाई पनि यसरी पाइलट बन्न प्रेरणा दिन सकुन् ।-एजेन्सीको सहयोगमा
Powered by Blogger.