Header Ads

फेसबुकले यसरी जुटायो ग्रामीण सडकका लागि एक करोड

म्याग्दी, वैशाख २ । मार्क जकुरवर्गले सामाजिक सञ्जाल फेसबुक केके सोचेर स्थापना गरेथे भन्ने लेखाजोखा संसारकै चासोको विषय बनेको छ ।

यता म्याग्दीको पनि दुर्गम बस्ती मराङमा मोटरबाटो निमार्णका लागि अभियानकर्ताले फेसबुकलाई रोजे । यही माध्यमबाट अभियानले झन्डै करोड रुपैयाँ जुटाउन सक्यो ।

रोजगारीका लाथि जन्मथलो छाडेर राजधानीसमेत विभिन्न मुलुकलाई कर्मथालो बनाएका मराङबासीले अभियानमा आफ्नो योगदान गर्दा रकम संकलन भएको हो । सबैलाई फेसबुकमार्फत बेलायत कर्मथलो बनाएका पदम गर्बुजा नेतृत्वको ‘मराङ कम्युनिटी’ पेजले जोडेको हो ।

फेसबुक अभियानबाट अहिलेसम्म काठमाण्डुसमेत ११ देशबाट ७१ लाख रुपैयाँ जम्मा भएको छ । सामुदायिक सक्रियतामा निर्माणधीन विम–मराङबेसी सडकको करिब ९ किमीमध्ये बाँकी अर्गाला मराङसम्मको ५ किमी पहरा फोर्न समुदायले फेसबुकमार्फत सहयोग संकलन थालेका हुन् । कान्तिपुर दैनिकबाट
Powered by Blogger.