Header Ads

सरकारले उपत्यकामा प्लाष्टिक झोला प्रतिबन्धको अनुगमन आजदेखि थाल्ने

काठमाडौ । हिजोदेखि काठमाडौं उपत्यकामा प्लाष्टिकको झोला प्रयोग र खरिद बिक्रीमा लगाएको प्रतिबन्ध कार्यान्वयनका बारेमा आजदेखि अनुगमन गर्ने भएको छ ।

 त्यसका लागि ६ वटा टोली बनाएको वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले जनाएको छ । सरकारले हिजोदेखि लागु हुने गरी उपत्यकामा ४० माइक्रोनभन्दा पातलो र २० देखि ३० इन्च आकारको साइजभन्दा कम भएका प्लाष्टिकमा प्रतिबन्ध लगाएको हो ।

 तर हिजो पहिलो दिन प्रतिबन्धको कार्यान्वयन भएको पाइएन । उपभोक्ता तथा व्यवसायीहरुले हिजो प्लाष्टिकको झोला प्रयोग गरेको देखिन्थ्यो ।

 त्यसैले अनुगमनका क्रममा तोकिएभन्दा फरक खालको प्लाष्टिकको झोला प्रयोग गरेको पाइए कारबाही गरिने वातावरण विभागका महानिर्देशक सरोज पोखरेलले बताउनुभयो ।
Powered by Blogger.