Header Ads

रेड युनियनका गतिविधि रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक रूपमा खडा गरिएका ट्रेड युनियनका गतिविधि रोक्न अन्तरिम आदेश दिएको छ।

 न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले शुक्रबार आगामी वैशाख ८ गतेसम्मका लागि उक्त आदेश दिएको हो। त्यस दिन छलफल गर्न सरकार, कर्मचारी संगठन र रिट निवेदकलाई सर्वोच्चमा डाकिएको छ।

अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सोही दिन संयुक्त इजलासले निर्णय गर्ने भएको छ। एकल इजलासले यस विषयमा सरकारलगायत विपक्षीसँग लिखित जबाफसमेत माग गरेको छ।

 निजामती कर्मचारी संघसंगठनको राजनीतिक दलसँगको आबद्धता खारेज गर्न माग राखेर अधिवक्ता अर्जुनकुमार अर्यालले बुधबार रिट दायर गरेका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।
Powered by Blogger.