पोर्चुगल पठाउने भन्दै युवतीसँग राहदानी र चार लाख रुपैँया लगेर सम्पर्क विहीन भएका ठग्ने पक्राउ
काठमाडौं । पोर्चुगलमा राम्रो कामको लागि पठाइदिन्छु भनी ठगी गर्ने काठमाडौं महानगरपालिका–३४ नयाँबानेश्वर डेरा गरी बस्ने तनहुँ बसन्तपुर गाविस–२ का २५ वर्षीय शेखरभद्र खनाललाई महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौं अनामनगरबाट पक्राउ गरेको छ ।
खनालले काठमाडौं थानकोट बस्ने पाँचथर लुङ्गरुपा गाविस–२ की २७ वर्षीया अन्जना राईलाई विभिन्न प्रलोभनमा पारी पोर्चुगलमा राम्रो कामको लागि पठाइदिने भनि उनको राहदानी र नगद ४ लाख रुपैयाँसमेत लगेर सम्पर्क विहिन भएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको हो ।
खनाललाई आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग तिनकुने काठमाडौं पठाइएको छ ।-न्यूज अभियान डट कम बाट