Header Ads

तिर्थयात्रीको शव लिन भारतीय सेनाको विशेष विमान आउदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातबाट दुर्इवटा गाडीसहित आएका तिर्थ यात्री हरुले मंगलबार पशुपतिनाथको दर्शन गरेपछि लगेको फूलपाती घर पुर्याउन पाएनन्। पशुपति दर्शन गरेर फर्किने क्रममा धादिङमा बस दुर्घटना परि १७ जनाको भयो ।

 मृत्यु भएका तिर्थयात्रीको शव लिन भारतीय सेनाको विशेष विमान काठमाडौं आउने भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै विशेष विमान आउने उल्लेख गरेका हुन् ।

उनकाअनुसार भारतीय वायु सेनाको आइएल ७६ जहाज आज राती काठमाडौं आउँदै छ । पशुपतिको दर्शनका लागि गुजरातबाट दुर्इवटा बसमा आएका अधिकांश तिर्थालु दम्पती थिए ।

आराध्यदेव पशुपतिनाथको दर्शन गरेर घर फर्केकामध्ये १७ जना यात्रुले काठमाडौं खाल्डो काट्न नपाउँदै भयानक दुर्घटनामा ज्यान गुमाउनुपर्यो ।-न्यूज अभियान डट कम बाट 
Powered by Blogger.