Header Ads

बिजुलीबजारमा गोली चल्यो, कान्तिपुर दैनिकका फोटो पत्रकार प्रकाश तिमल्सिना घाइते

काठमाडौँ, चैत २४ । काठमाडौँको बिजुलीबजारमा प्रहरीले गोली प्रहार गर्दा एक बन्दकर्ता घाइते भएका छन् । घाइते हुनेमा एमाअाेवादी निकट अखिल क्रान्तिकारीका नेता रामप्रसाद खनाल भएका हुन् । उनको कञ्चटमा रबरको गोली लागेको एक बन्दकर्ताले जानकारी दिए । बिजुली बजारमा बिहानै देखि बन्दकर्ता र प्रहरीबीच झडप भइरहेको छ । पछिल्लो अवस्था थप तनावग्रस्त बनेको छ ।

प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । यसैगरी झडपमा परी एमाओवादी नेतृ हिसिला यमी, वाइसियल उपत्यका इन्चार्ज दीपशिखा, विद्यार्थी नेता रामप्रसाद खनाल र कान्तिपुर दैनिकका फोटो पत्रकार प्रकाश तिमल्सिना घाइते भएका छन् । घाइतेमध्ये शख्त खनाललाई उपचारका लागि नर्भिक अस्पताल लगिएको छ । एमाओवादीका स्थायी समिति सदस्य हिसिला यमी, अग्नी सापकोटा, पोलिटब्यूरो सदस्य झक्कु सुवेदी र केन्द्रीय सदस्य शालिकराम जमकट्टेलले नेतृत्व गरेको जुलुस बिजुलीबजारबाट माइतिघर तर्फ अघि बढ्न खोज्दा झडप भएको हो ।

जुलुसमा सहभागी कार्यकर्ताहरुलाई पक्राउ गरी महेन्द्र पुलिस क्लब लैजादैं गर्दा आन्दोलनकारीले प्रहरी भ्यानबाट कार्यकर्तालाई छुटाएपछि झडप भएको हो । प्रहरीले बल प्रयोग गरी यमीलाई गाडीमा हालेपछि कार्यकर्ताले उनलाई खोसेका थिए । झण्डै तीन सयको संख्यामा रहेका प्रदर्शकारीलाई प्रहरीले चारैतर्फबाट घेरा हाल्दै लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ ।

प्रहरीले २० सेल अश्रु ग्याँस प्रहार गरेको छ । प्रहरीले मुख्य सडक बाहिर रहेका प्रदर्शनकारी र स्थानीयलाई लाठीचार्ज गरिरहेको छ । त्यसैगरी गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने, ‘राज्य कमजोर भएर कसैका अगाडि झुक्दैन । बन्द गराउनेलाई प्रहरीले बल प्रयोग गर्छ ।’

उनले मोर्चाद्धारा आह्वान गरिएको बन्द बिफल पार्न हिजो सोमबार साँझ र मंगलबार बिहान उच्च सुरक्षा अधिकारीहरुको बैठकद्धारा रणनीति तयार गरिएको पनि बताए । आन्दोलनकारीले ढुंगा गर्दा एक प्रहरी पनि घाइते भएका छन् । बिजुलीबजारमा अहिले ढुगा हानाहान भइरहेको छ ।-खबरडबली
Powered by Blogger.