Header Ads

एसिड पीडित सीमा उद्घाटन् कार्यक्रमकी प्रमुख अतिथि

काठमाडौं । घट्नाका पीडित किशोरीहरुलाई ५० हजार रुपैंया छात्रवृत्ति नयाँ वर्षको अवसर पारेर मोबाइल हबको रुपमा चिनिएको पाको न्यूरोड क्षेत्रमा शनिबारदेखि मोबाइल कार्निभल २०१५ औपचारिक रुपमा शुरु भएको छ।

 पाको युथ क्लबको आयोजनामा शुरु भएको कार्निभलको उद्घाटनकार्यक्रमकी प्रमुख अतिथि एसिड घट्नाकी पीडित किशोरी सिमा बस्नेतले थिईन्। कार्निभलको उद्घाटन गर्दै किशोरी सिमा बस्नेतले एसिडबाट आफू पिडित भएपनि आगामी दिनमा अझै ससक्तरुपमा जिवन शुरु गर्ने बताईन्।

उनले पाको यूथ क्लबको नेतृत्वमा दिएको सहयोग रकम भविश्यमा उच्च शिक्षामा सदुपयोग गर्ने बताइन्। मोबाइल कार्निभल २०१५ को उदघाटनको अवसर पारेर कार्निभल आयोजकको तर्फबाट एसिड घट्नामा पीडित किशोरीहरु संगीता मगर तथा सीमा बस्नेतलाई उच्च शिक्षाको लागि छात्रवृत्ति रकम अन्तर्गत ५० हजार रुपैंया नगद सहयोग हस्तान्तरण गरेको छ।

 क्लबका अध्यक्ष अमृत मानन्धर तथा टेलि टू प्रा लिका अध्यक्ष पुरुषोत्तम बस्नेतद्धारा सिमा बस्नेत तथा संगिता मगरका आमालाई प्रतिव्यक्ति २५ हजार रुपैंया तथा हुवावेको स्मार्टफोन प्रदान गरियो। संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मगर र बस्नेतलाई कुल ५० हजार रुपैंया संयुक्त रुपमा प्रदान गरिएको हो।

 उदघाट्न कार्यक्रममा टेलि टूका अध्यक्ष पुरुषोत्तम बस्नेतले कार्निभलमा व्यवसायका साथै सामाजिक कार्यअन्तरगत एसिड घट्नका पीडित दुईजना किशोरीहरुलाई सहयोग समेत बताएका थिए ।
Powered by Blogger.