Header Ads

विवाहका लागि संविधान कुर्दै राष्ट्रपतिकी छोरी : भन्छिन्,‘प्रेम र मागी कुन विवाह हुन्छ अहिले भन्न सक्दिनँ’

काठमाडौं,चैत २९ । अनिता यादव राष्ट्रपति डा. रामवरण यादवकी छोरी हुन् । उनी राष्ट्रपति यादवको विदेश भ्रमणमा ‘फस्ट लेडी’को जिम्मेवारी सम्हाल्छिन् ।

बुबा राष्ट्रपति भएदेखि नै सघाउँदै आएकी अनिता अहिले सम्म अविवाहित नै छिन् । उनी कसैसँग पनि प्रेममा नपरेको बताउँछिन् ।

अनुकुल समय आएपछि विवाह हुने विश्वासमा रहेकी अनिता मागी या प्रेम विवाह कुन हुने भन्ने कुरा भाग्यले निर्धारण गर्ने बताउँछिन् ।

‘विवाह जोसँग लेखिएको छ,उसैसँग होला । मागी विवाह होला या प्रेम विवाह,त्यो त भाग्यले निर्धारण गर्ने कुरा हो’ अनिता भन्छिन् । उनलाई संविधान जारी भएपछि आफ्नो विवाह हुन्छ कि भन्ने लागेको छ ।

देशका लागि संविधान र आफ्नो लागि विवाह उस्तैउस्तै भएको उनी बताउँछिन् । ‘संविधान जारी भएपछि मेरो विवाह पनि हुन्छ कि भन्ने लागेको छ,’ अनिता भन्छिन्,‘देशका लागि संविधान र मेरा लागि विवाह उस्तैउस्तै भएको छ ।’

आजको नयाँ पत्रिका दैनिकमा मनोज घर्तीमगरले विशेष सामग्री पस्किएका छन् ।
Powered by Blogger.