Header Ads

सनी लियोनको ‘लीला’ ले पहिलो दिनमै ५ करोड ३० लाख कमायो

एजेन्सी । पूर्व पोर्नस्टार सनी लियोनले कयौ अवतारसहितको भूमिका निर्वाह गरेको नयाँ चलचित्र ‘एक पहेली लीला’ लाई दर्शकले निकै रुचाएका छन्।

 त्यसमा पनि सनी लियोनको ग्रामीण युवतीको भूमिकालाई बढी मन पराएको पाइएको छ। उनको यो चलचित्र सफलताको सिंढी चढ्न थालेको छ।

 चलचित्र रिलिज भएको पहिलो दिनमै ५.३० करोड कमाई गरेपछि सनी लियोन पनि दंग छिन् । यसलाई उपयुक्त ओपनिङ मानिएको छ। चलचित्रका लागत करिब १५ करोड भएको बताइएको छ।

यही रफ्तारमा चलचित्रले कमाई गर्ने हो भने चलचित्र राम्रो मुनाफामा जाने अनुमान गरिएको छ।
Powered by Blogger.