मिति: वि.सं.२०७२ साल बैशाख ६ गते । आईतबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?
आज मिति 2015-04-19 तारिख, २०७२ साल वैशाख शुल्कपक्ष प्रतिपदा तिथि, बैशाख ६ गते आईतवार अनुसार तपाईंको राशी यस प्रकार छ !
आर्थिक बाधाको सामना गर्नुपर्ला । परिवारमा अनावश्यक असमझदारी बढ्ला । शैक्षिक कार्यप्रति अरुचि हुनेछ । विश्वासको खडेरीका कारण प्रतिफल गुम्ने भय रहेको छ । थोरै भएपनि शुभ कार्यको थालनी हुनेछ । दिनको अन्त्यमा बहुमूल्य बस्तु गुम्ने योग रहेको छ ।
प्रतिकूल समयलाई आफ्नो पक्षमा बनाउन सफल भइने छ । रोजगारीका अवसर हात लाग्लान् । सानो कमजोरीले गुप्त शत्रुलाई मलजल पुग्नेछ । खेलकुद साहित्यिक क्षेत्रमा लगानी योग रहेको छ । बिवादबाट मुक्ति मिल्ने छ । साहसिक कार्यमा रुची हुनेछ ।
नसोचेको काममा सफलता हात पर्नेछ । सरकारी कामकाजमा सहजता थपिने छ । विश्वासपात्र व्यक्तिको सहयोगले गुमेको धन हात पार्न सफल भइने छ । भातृ सम्बन्ध प्रगाढ बन्ला । उधारो लगानी भने नगरेको बेश होला । यात्रा योग रहेको छ ।
सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ । माङ्गलिक कार्यको लागि धन व्यय हुनेछ । सामाजिक कार्यमा तपार्इको सहभागिता होला । रमाइला कार्यमा पारिवारिक जमाघट हुनेछ । स्वविवेकले गरेको निर्णयबाट मानसिक चिन्ता दुर होला ।
दाम्पत्य जीवन सुखी रहला । रोजगारीका अवसर पाइने छन् । बोलीको कारण सम्मान पाइएला । तार्किक क्षमता आशातित उच्च रहला । घरमा बौद्धिक ब्यक्तित्वको सत्कार गर्ने मौका मिल्ने छ । कृषि र बैदेसिक कार्यमा लगानी गरे सफल हुनेछ ।
मेष (चू चे चो ला ली लु ले लो अ)
दिन सकारात्मक रहला । इच्छित कार्य सिद्धि होलान् । बोली व्यवहारमा अनपेक्षित सफलता पाइने छ । घरमा केही नयाँ कार्यको थालनी हुने योग छ । सभा सम्मेलनमा सम्मानित हुने मौका छ । आफूप्रति आएको जिम्मेवारी पुरा गर्ने चुनौती थपिने छ ।वृष (इ उ ए ओ वा वी वु वे वो)
आर्थिक बाधाको सामना गर्नुपर्ला । परिवारमा अनावश्यक असमझदारी बढ्ला । शैक्षिक कार्यप्रति अरुचि हुनेछ । विश्वासको खडेरीका कारण प्रतिफल गुम्ने भय रहेको छ । थोरै भएपनि शुभ कार्यको थालनी हुनेछ । दिनको अन्त्यमा बहुमूल्य बस्तु गुम्ने योग रहेको छ । मिथुन (का कि कु घ ङ छ के को हा)
प्रतिकूल समयलाई आफ्नो पक्षमा बनाउन सफल भइने छ । रोजगारीका अवसर हात लाग्लान् । सानो कमजोरीले गुप्त शत्रुलाई मलजल पुग्नेछ । खेलकुद साहित्यिक क्षेत्रमा लगानी योग रहेको छ । बिवादबाट मुक्ति मिल्ने छ । साहसिक कार्यमा रुची हुनेछ । कर्कट (ही हु हे हो डा डि डु डे डो)
नसोचेको काममा सफलता हात पर्नेछ । सरकारी कामकाजमा सहजता थपिने छ । विश्वासपात्र व्यक्तिको सहयोगले गुमेको धन हात पार्न सफल भइने छ । भातृ सम्बन्ध प्रगाढ बन्ला । उधारो लगानी भने नगरेको बेश होला । यात्रा योग रहेको छ । सिंह (मा मि मू मे मो टा टी टु टे)
सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ । माङ्गलिक कार्यको लागि धन व्यय हुनेछ । सामाजिक कार्यमा तपार्इको सहभागिता होला । रमाइला कार्यमा पारिवारिक जमाघट हुनेछ । स्वविवेकले गरेको निर्णयबाट मानसिक चिन्ता दुर होला । कन्या (टो प पी पु ष ण ठ पे मो)
दाम्पत्य जीवन सुखी रहला । रोजगारीका अवसर पाइने छन् । बोलीको कारण सम्मान पाइएला । तार्किक क्षमता आशातित उच्च रहला । घरमा बौद्धिक ब्यक्तित्वको सत्कार गर्ने मौका मिल्ने छ । कृषि र बैदेसिक कार्यमा लगानी गरे सफल हुनेछ ।
तुला (र री रु रे रो ता ती तू ते)
तामसिक वृत्ति बढ्ने छ । ख्याल ख्यालमै मनमोटाव र झगडा हुने समय छ, बोलीमा विचार पुर्याउनु होला । सामाजिक कार्यप्रति निराशा जाग्ने छ । कुल–कुटुम्बमा असमझदारी बढ्ला । प्रदेशको वाश होला । नियमित भेटघाटमा समय व्यतित हुनेछ ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
अचानक स्वास्थ्यमा समस्या देखिने छ । हातबाट गएको धन गुम्मे भय रहने छ । विवादित कुराले मानसिक चिन्ता अझ बढाउला । आर्थिक कारोवार बिग्रने छ । ब्यापर घाटामा जाला । मितेरी सम्बन्धमा समेत दरार आउने योग छ । शिक्षामा अरुचि होला ।
धनु (य यो भा भी भू ध फा ढ भे)
समय आफ्नो अनुकूल भएर आएको छ । राजसम्मान पाइने छ । न्यायिक कार्यमा सोचे भन्दा राम्रो नतिजा हात लाग्ला । लामो दुरीको यात्रा सफल हुनेछ । बैदेसिक कारोवार फलिभूत हुनेछ । दिनभर व्यस्तता बनिरहला । कार्यमा ढिलासुस्ती हुनेछ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
प्रेम सम्बन्धमा विश्वासको खाडल अरु गहिरिने छ । समय अनुकूल हुँदा हुँदै पनि निर्णय गर्न नसक्दा घाटामा परिएला । स्वास्थ्यमा सकारात्मक बदलाव देखिने छ । मित्र–बन्धुसँगका असमझदारी दुर भर्इ नयाँ रुपमा अघि बढिने छ । आयस्रोत बढ्ला ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
ब्यापारिक लगानी फस्टाउने छ । अरुको हित र चिन्तनमा अधिकतर समय व्यतित होला । अरुको सेवामा लाग्दा आफ्नो काम अलपत्र पर्नेछ । समय सापेक्षित निर्णय जीवनभर महत्व राख्ने वाला छ । आर्थिक कारोवार सहज हुनेछ । पढाइमा रुची हुनेछ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
केही अफ्ठ्यारा र झन्झटको सामाना गर्नु पर्ला । हातमा आइ सकेको धन फुत्किने खतरा रहने छ । कामको ब्यर्थताका कारण प्रतिफल शुन्य रहला । बिना अर्थ भ्रमण होला । सामाजिक स्थिति कमजोर रहेको छ । आय र व्ययको समान स्थिति रहनेछ ।
© Copyright : baralguru, All Rights Reserved.
