Header Ads

नेपाली युवती सिमाले मलेसियामा गरिन् आत्महत्या

मलेसिया । मलेसियामा एक नेपाली युवतीले शुक्रबार राति झुन्डिएर आत्महत्या गरेकी छन् ।

मलेसियाको साहलमस्थित २० सेक्सनमा रहेको टोयटा कम्पनीमा कार्यरत पाल्पाकी सिमाकुमारी मगरले आत्महत्या गरेको राम क्षेत्रीले न्युज अभियानलाई बताए ।

 कम्पनीबाट होस्टेलमा फर्केपछि शुक्रबार राति बाथरुममा झुण्डिएर सिमाले आत्महत्या गरेकी हुन् । मृतकको शव अहिले पोस्‌टमार्टमका अस्पतालमा राखिएको छ ।- न्युज अभियानबाट

Powered by Blogger.