Header Ads

पुर्वयुवराज पारसलार्इ ज्ञानेन्द्रले किन दिएनन् घर छिर्न ?

काठमाडौं, चैत १९ । साँढे तिन बर्ष पछी नेपाल आएका पुर्वयुवराज पारस शाहलाई पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा नबसाउने भएका छन् । पारसको बिराम पुर्णरुपमा सन्चो नभइसकेको हुनाले उनको उपचारको लागी धुम्बाराही स्थित कुन्डलिनी फिटनेश सेन्टरमा राखिने भएका छन् ।

 पारसको विवादास्पद छवि र उनको व्यवहारमा सुधार नआएको ले त्यसले सिँगो पर्वराजपरिवार र राजा स्वयं पनि त्यसमा मुछिने भएकोले पनी ज्ञानेन्द्रले छोरालाई सँगै नराख्ने मनस्थिती बनाएको राजपरिवारले श्रोतले बताएको छ ।

पारसको सबै परिवारलाई नै कुन्डलिनिमा बस्न सबै ब्यवस्था मिलाएपनि हिमानी भने पती सँग नबसी निर्मल निवासमै बस्ने भएकी छन् । यद्यपी पारिवारिक भेटघाटमा पारस निर्मल निवास गइरहन सक्नेछन् ।

 पारसलाई निर्मल निवास आवत जावतमा भने कुनै अवरोध गरिएको छैन । लागू औषध काण्डमा थाईल्याण्डको जेलबाट छुटेकै भोलिपल्ट तिनबर्षपछि स्वदेश फर्कीएपनि पारस कति समय नेपाल बस्ने भन्ने कुनै टुंगो छैन ।@हाम्रो संदेशबाट 
Powered by Blogger.