घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, चैत १९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको लिटरमा एक रूपैयाँले मूल्य घटाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएकाले मूल्य समायोजन गरेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
नयाँ मूल्य अनुसार पेट्रोल एक लिटरको मूल्य १ सय ९ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेल ८६ रुपैयाँ ५० पैसा मूल्य तोकिएको छ । केही दिन अघि मात्रै भारतमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो ।