Header Ads

मेरो शरीर मेरो फैसला : दीपिका पादुकोण

एजेन्सी । दीपिका पादुकोणको पछिल्लो भिडियो माई च्वाइस चर्चा सेलाएको छैन । सोसल मिडियामा भिडियोबारे टिकाटिप्पणी भइरहेका छन्। सोसल मिडियामा अर्को त्यस्तै भिडियोले चर्चा पाएको छ। जसलाई माई च्वाइसको मेल भर्सन भनिएको छ। यो भिडियो फेसन पत्रिका बोगले बनाएको हो।

विवाह, प्रेम, यौन लगायतका व्यक्तिगत कुरामा आफ्नो अधिकार हुने सन्देश बोकेको सो भिडियोलाई कतिपयले दीपिकाले भिडियोमार्फत् महिला सशक्तिकरण गरेको बताएका छन् भने कतिले उनको भिडियो वाइयात् भएको प्रतिक्रिया दिएका छन् ।
भिडियोमा केही पुरुष आउँछन् र आफ्नो इच्छा अनुसार फैसला लिने स्वतन्त्रता भएको वकालत गर्छन्। मेरो शरीर हो र यससँग जोडिएका कुराहरुमा मेरो फैसला हुन्छ। म दिनहुँ जिम जाउँ या जे गरुँ त्यो मेरो खुशी। मेरो छिमेकी इन्जिनियर छ तर म छैन तर के भो ? लगायतका संवाद भिडियोमा छन्।

दीपिकाका कतिपय आलोचकले भिडियोलाई लिएर उनको फिल्म नै बहिष्कार गर्नु पर्ने बताएका छन भने समर्थकले दीपिकाकै एक भिडियोले पुरुषहरुको ‘रोना–धोना’ सुरु भएको बताएका छन् ।
Powered by Blogger.