Header Ads

अर्धनग्न भएपछि सन्नी लियोनविरुद्द प्रहरीमा उजुरी

एजेन्सी । पोर्न इन्डस्ट्रीबाट बलिउड छिरेकी सन्नी लियोन टपलेस फोटो खिचेपछि एक पटक पुन: विवादमा आएकी छन्। बलिउडमा छिरेर आफ्नो छबि सुधार अभियानमा लागेकी उनले अर्धनग्न फोटो खिचाएपछि भारतको सुरतस्थित प्रहरी कार्यालयमा उनीविरुद्द उजुरी दर्ता भएको छ ।

 चाँडै ठूलो पर्दाको फिल्म ‘एक पहेली लिला’ देखिन लागेकी उनी केही समययता सोही फिल्मको प्रमोशनमा ब्यस्त रहेकी छन् । सोही फिल्मको प्रमोशनका लागि सन्नी लियोन केही दिनअघि सुरत पुगेकी थिइन् । यहाँ सन्नीलार्इ देख्न हजारौं मानिस आतुर भएर जम्मा भएका थिए । मानिसको भींड देखेपछि फिल्मका निर्माताले उनको कार्यक्रम हुने होटल नै परिवर्तन गरेका थिए ।
त्यही कारण उनलार्इ हेर्न आतुर फ्यान आक्रोशित भएका थिए । त्यहाँ सन्नीसँग उनका तपि ड्यानियल पनि सँगै थिए । सन्नीले फिल्मको प्रमोशनका लागि फ्यानको ध्यान तान्न सुरतमा अर्धनग्न भइ फोटो खिचाउनुकासाथै अर्धनग्न पोस्टर पनि बाँड्न भ्याएकी थिइन् । सोही कारण उनीविरुद्द सुरतकै एक बासिन्दा प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।

सो उजुरीमा सन्नीले भींड बटुल्नका लागि अर्धनग्न हुनुका साथै नग्न पोष्टर पनि बाँडेको आरोप लगाइएको छ । यो घटनापछि सन्नीले सामाजिक सञ्जाल ट्वीटरमा फ्यानहरुसँग माफी पनि मागेकी छन् । ‘जो मानिसहरु कार्यक्रममा आएका थिए, उनीहरुसँग माफी माग्छु’, उनले भनेकी छन्, ‘यो कार्यक्रममा ब्यवस्थित ढंगले आयोजित गरिएन , म पनि तपार्इंहरुसँग भेट्न आतुर थिएँ, म बाट भएको कम्जोरीप्रति माफी चहान्छु ।’

 यो फिल्मको वितरणको जिम्मेवारी टी सिरिजले लिएको छ । टी सिरिजले सन्नी अर्धनग्न भएको अस्वीकार गर्दै उनीविरुद्द उजुरी परेको कुरालार्इ पनि अस्वीकार गरेको छ । यो फिल्म अप्रिलमा रिलिज हुँदैछ । -एजेन्सीको सहयोगमा
Powered by Blogger.