Header Ads

चर्चित नायिका रेखा थापाका लागि किन हुन्छ सधै नयाँ वर्ष ? जानौ...

काठमाडौ । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा एक सफल नायिका हुन् । उनी पछिल्लो समय नायिकामात्र नभएर सफल निर्देशक, निर्मात्री र लेखकका रुपमा पनि परिचित छ । यिनै रेखाको गतवर्ष अर्थात २०७१ सालमा बनेको हिम्मतवालीले दर्शकको मन जित्न सफल भयो र फिल्मले राम्रो कमाई गर्यो ।

उनी भन्छिन्, ‘मेरा लागि २०७१ सुखद रह्यो । मेरो फिल्म हिम्मतवाली सफल चलचित्र बन्यो । सामाजिक कार्यहरुमा पनि लाग्न पाए । समग्रमाभन्दा गतवर्ष मेरा लागि एकदमै सफल र फलदायी रह्यो ।’ गत वर्ष रेखा सबैभन्दा चर्चाको विषय पनि बनिन् । नेपाली बजारमा आएका ८० मध्य धेरै जसो फिल्मले राम्रो कमाइ गर्न नसकेको अवस्थामा रेखा भने हरपल छाइरहिन्, आफ्नो हिम्मतवाली मार्फत ।

त्यतिमात्र होइन, एसिड प्रकरणका दुई पीडितलाई आपसमा मिलाउनेदेखि लिएन यि नायिकाले थुप्रै सामाजिक काम पनि गरिन् यस वर्ष । यसबारे रेखा भन्छिन्, ‘हो मैले केही गरे होला तर अझै धेरै गर्न बाँकी छ । दर्शकले मलाई यति धेरै माया गर्नुहुन्छ उहाँहरुकै कारण म यहाँसम्म आएकी छु । यसैगरी उहाँहरुको अझ धेरै माया र साथको आशा गरेकी छु ।’ गत वर्ष नायिका रेखालाई नेपालबाट गुगलमा सर्च गर्ने पनि लाखौँ भए । उनी गुगल सर्चमा पनि सबैभन्दा अगाडी देखिइन् । यतिमात्र होइन उनलाई फेसबुक पेजमा पछ्याउनेहरु पनि लाखौँ भए र उनी नेपालकै सबैभन्दा बढी फ्यानले पछ्याउने सेलिब्रेटी पनि बन्न सफल भइन् ।

रेखाले २०७२ मा आफ्नो त्यस्तो कुनै नयाँ योजना नभएको बताइन् । उनले भनिन्, ‘राम प्यारी आउन लागेको छ । लामो समयको प्रर्खाइ र कार्यपछि यस वर्ष यो फिल्म आउँदै छ । यो मेरा लागि खुसीको पक्ष हो । यसलाई पनि दर्शकहरुले उत्तिनै माया गरिदिनुहुने छ भन्ने आशा राखेकी छु ।’ नयाँ वर्षको नयाँ योजनाबारे भने उनले आफू काम गरेर खाने मजदुर भएको भन्दै आफ्नो लागि सधै नयाँ वर्ष हुने बताइन् ।

 एकदिनलाई यस्तो गर्छु या उसो गर्छु भनेर नहुने बताउदै रेखाले काम गर्नेका लागि अझ बढी सफलता हात पार्नु नै नयाँ लक्ष्य हुने बताइन् । बिहेको एक प्रश्नमा उनले यसबारे आफूले केही पनि नसोचेको बताइन् । उनले हाँस्दै भनिन्, ‘पत्रकारले नै खोज्दिए त हेरौँँला नत्र मेरो भने त्यस्तो कुनै योजना छैन ।’--कृष्ण आचार्य/काठमान्डूटुडे::रेखाको हिम्मतवाली हेर्न तलको लिंकमा थिचौँ ।
Powered by Blogger.