Header Ads

श्रीमान जापान रहेका बेला परपुरुषसँग यौनसम्पर्कका क्रममा भएको विवादमा गयो ज्यान

काठमाडौ, चैत १९ । यौन सम्पर्क गरेपछि जोत्सना ‘तेरो को केटी साथी छ, मेरो चाहना किन पुरा गर्न सक्दैनस् भनेर ब्वायफ्रेन्ड प्रितमसँग झगडा सुरु गरिन्। दुवैबीच केहीबेर धकेलाधकेल भयो। यत्तिकैमा प्रितमले उनलाई झ्यालबाट हुत्याइदिए। जोत्सनाको सडकमै मृत्यु भयो। पति जापान गएको मौका छोपी विवाहित जोत्सनाले प्रितमसँग रोमान्स थालेकी थिइन्। अवैध यौन स बन्ध नै उनको हत्याको कारण बन्न पुग्यो। यौन चाहना पूरा नगरेको विषयमा विवाद हुँदा धुम्बाराहीस्थित प्रगतिटोलमा डेरा गरी बस्ने ज्योत्सना तामाङको हत्या गरेको अभियोगमा प्रहरीले मैतीदेवीका प्रितम मानन्धरलाई पक्राउ गरेको छ।

बुधबार बिहान तामाङको शव प्रगतिटोलको सडकमा फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा यस्तो रहस्य खुलेको हो। महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी वृत्त महाराजगन्जको संयुक्त टोलीले घटनामा संलग्नको आशंकामा मानन्धरलाई पक्राउ गरी थप अनुसन्धान गर्दा मानन्धरले यस्तो तथ्य खुलाएका हुन्। महाशाखाका डीएसपी दीपक रेग्मीका अनुसार दुई महिनाअगाडि मात्रै साथी सातदोबाटोकी अञ्जु थापामार्फत मानन्धरसँग तामाङको चिनजान भएको थियो। टंगालस्थित भाटभटेनी सुपरमार्केटमा मानन्धरको रस्टुरेन्टमा तामाङ र थापा जानेआउने गर्थे। सोही क्रममा तामाङ र मानन्धरको घनिष्ठ सम्बन्ध भएको प्रहरीले जनाएको छ। भारत दार्जलिङकी तामाङका पति वैदेशिक रोजगारका लागि जापानमा छन्।

उनी काठमाडौंमा बुटिक सञ्चालन गर्दै आएकी थिइन्। महाशाखाका अनुसार घनिष्ठ सम्बन्धपछि मानन्धर तामाङको डेरामा सातामा एकपटक खानपिनका लागि आउजाउसमेत गर्दै आएका थिए। मंगलबार राति साढे १० बजे मानन्धर तामाङको कोठामा पुगेका थिए। तामाङको कोठामा मानन्धर, थापा र तामाङसँगै बसी मदिरा सेवन गरेको बयानमा मानन्धरले खुलाएका छन्। मदिरा सेवन राति सबा १२ बजेसम्म चलेको थियो। मानन्धरको बयानअनुसार साढे १२ बजे उनी र तामाङ एउटा कोठामा र थापा अर्को कोठामा सुत्न गएका थिए। आफूहरूबीच शारीरिक सम्पर्कसमेत भएको मानन्धरले बयानमा खुलाएका छन्।

शौचालय गएकी तामाङले मानन्धरलाई बोलाएर ‘तेरो को केटी साथी छ, मेरो चाहना किन पूरा गर्न सक्दैनस् भनेर विवाद झिकेकी थिइन्। दुवैबीच धकेलाधकेल भएपछि मानन्धरले तामाङको हात समाती शौचालयको झ्यालबाट बाहिर हुत्याइदिएका थिए। मानन्धर तामाङलाई झ्यालबाट हुत्याएपछि कोठामा आई सुतेका थिए। बुधबार बिहान थापा तामाङलाई उठाउन कोठामा पुग्दा तामाङलाई नदेखेपछि मानन्धरलाई सोधेकी थिइन्। स्थानीयले सडकमा तामाङको शव देखेपछि प्रहरीमा खबर गरेका थिए। तामाङको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
Powered by Blogger.