Header Ads

मिति: वि.सं.२०७१ साल चैत्र १९ गते । बिहिबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति तारिख, २०७१ साल चैत्र शुल्क पक्ष, त्रयोदशी तिथि, चैत १९ गते बिहीबार अनुसार तपाईंको राशी यस प्रकार छ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। प्रयत्न गर्दा उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छन्। सन्तानका माध्यमबाट काम बन्न सक्छन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
ढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि तत्काल फलदायी नहोलान्। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
प्रशस्त आर्जन हुनेछ। हिम्मतले गरेका काम सजिलै बन्नेछन्। फरक ढंगका काम गर्ने सोच पलाउनेछ। श्रमलाई सजिलै रकममा रूपान्तरण गर्न सकिनेछ। मेहनतअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। धेरैले सहयोगको तत्परता देखाउनेछन्। पतिपत्नीमा आत्मीय भाव बढ्नेछ। प्रेम सम्बन्धमा रमाउने समय छ। उद्योगधन्दा र बाहुबलले गर्ने काममा फाइदा हुने समय छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
विभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
आफन्त र साथीभाइसँग सरसल्लाह नमिल्ने देखिन्छ। अरूको फाइदाका लागि उपयोग भइएला, सचेत रहनुहोस्। धेरै श्रम गरेपछि अलि कममात्र फाइदा हुने समय छ। विशेष महत्वपूर्ण काम तत्काल नबन्न सक्छ। केही समय पर्खनुपर्ने देखिन्छ। गरी आएका व्यावसायिक काम भने यथावत् बन्नेछन्। लामो यात्राको योग छ। यात्राको व्यवस्था मिलाउन खर्च भने बढ्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने योग छ। परिवारिक आवश्यकता पूर्ति हुनेछ। श्रमको उचित मूल्यांकन होला। पितृधनको उपयोगबाट विशेष फाइदा हुने समय छ। नसोचेको फाइदा हुने समय छ, क्रियाशील रहनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
महत्वपूर्ण कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। सरकारी काममा पनि तत्काल फाइदा उठाउन सकिनेछ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला। राम्रै आयआर्जन हुने काम सुरु होला। विभिन्न अवसरले पछ्याउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशेष ठाउँमा मानसम्मान पनि पाइने योग छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ उठाउन सकिने समय छ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
केही धनमाल हराउने वा नष्ट हुने सम्भावना छ। पठनपाठन अवरुद्ध बन्नेछ। पुरानो समस्या पुन: बल्झिन सक्छ। प्रतिस्पर्धामा कमजोर सावित भइएला। स्वास्थ्यले साथ नदिनाले आज अनायासै कामहरू रोकिन सक्छन्। कमजोरी अनुभूति हुनेछ। धेरै फाइदा नहोला। योजनाअनुसार आजका काममा जुट्न नसकिएला। धैर्य र स्वास्थ्यका लागि आराम गर्नुपर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
रमाइलो क्षणमा पनि प्रसन्नता नमिल्न सक्छ। अनायासै चिन्तामा परिएला। वादविवादमा परिने वा आक्षेप आइलाग्ने जस्ता मनका डरले सताउने समय छ। मानसम्मान गर्नेहरूप्रति पनि आशंका जाग्नेछ। कामबाट भने फुर्सद र विश्राम पाइनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। प्रेमसम्बन्ध प्रगाढ हुनेछ। शत्रुहरूले प्रतिस्पर्धा छाडी मित्रताका हात अघि बढाउलान्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
केही प्रतिस्पर्धापछि मात्र फाइदा उठ्नेछ। ढिलै भए पनि काममा सफलता भने मिल्नेछ। तर, केही चुनौती भने सामना गर्नुपर्ला। कामको प्रतिस्पर्धाले शत्रुता बढ्न सक्छ। ईर्ष्या गर्नेहरूले पनि सताउन सक्छन्, सचेत रहनुहोला। प्रयत्न गर्दा दीर्घकालीन काम सुरु हुन सक्छ। व्यापार र यात्राको व्यवस्थापनमा खर्च हुनेछ। आर्थिक कारोबारमा पनि निकै नै सजगता अपनाउनुपर्ला।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.