Header Ads

डन गणेश लामाको एक दैनिक पत्रिकामा लगानी रहेको खुलासा

इकान्तिपुरको सम्पादकमा यज्ञश, सौर्य निकाल्ने तयारी ,अन्नपूर्णका डेक्सचिफ हिडेँ
 काठमाडौं । विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य समेत रहेका डन गणेश लामाले एक दैनिक पत्रिकामा लगानी गरेका छन् । रामजी बगालेले चलाईरहेको व्रोडसिट दैनिक जनसवालमा लामाले ७५ प्रतिशत लगानी गरेको निकट स्रोतले बतायो ।

निर्माण कम्पनी चलाइरहेका लामा सरकारलाई बुझाउनु पर्ने कर बुझाउन नसकेपछि कालो सुचीमा परेका थिए । कालो धनलाई सेतो बनाउनका लागि उनले पत्रिकामा लगानी गरेको बताइन्छ । उनले सो पत्रिकामा लगानी गरेपछि सरकारी स्वामित्वको गोरखापत्र दैनिकको सञ्चालक समिति सदस्यमा सरकारले नियुक्त गरेपछि राजधानी दैनिकको जागिर छोडेर बसेका लिलाराज खनाल कार्यकारी सम्पादक भएर जागिरमा भर्ति भएको बताइन्छ । यता बन्द भएको सौर्य दैनिकलाई व्यवस्थापन परिवर्तन गरेर निकाल्ने तयारी भैरहेको छ ।

सौर्य दैनिकको अनलाईन सुरु भैसकेको छ भने पत्रिका निकाल्ने तयारी व्यवस्थापनले तिव्र रुपमा गरिरहेको बताइन्छ । स्रोतका अनुसार नयाँ बर्षको दिनबाट सौर्य दैनिक निकाल्ने तयारी भएको छ । यता अन्नपूर्णपोष्ट दैनिकको डेक्सचिफबाट जागिर छोडेका उज्ज्वल झा कमाण्डरपोष्ट दैनिकमा कार्यकारी सम्पादक भएर भर्ति भएको समाचार छ ।

पूर्व प्रधानमन्त्री तथा राप्रपाका नेता सूर्यबहादुर थापाका भतिजाले सो दैनिकमा लगानी गरेपछि उनी त्यहाँ भर्ति भएका हुन । त्यस्तै कान्तिपुर पव्लिकेशनले इकान्तिपुर अनलाइनको सम्पादकमा यज्ञश पण्डितलाई नियुक्त गरेको छ । कोशेलीका संयोजक पण्डितलाई अनलाइनको सम्पादक बनाइएको हो । कोशेलीको सम्पादक पनि उनै रहेका बताइन्छ । समाचार अभियान टाइम्स साप्ताहिकमा छ ।

 त्यसैगरि अन्नपूर्णपोष्ट दैनिकको अर्थ डेक्समा शिवराज योगीलाई लगिएको छ । भने राजधानी दैनिकमा शिक्षा विटमा काम गरिरहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदिप न्यौपाने सरकारी जागिरे भएका छन् । उनले घरेलु तथा साना उद्योग विकास समितिमा सञ्चार अधिकृतमा नाम निकालेका हुन ।- स्रोत/न्यूजअभियान डट कम 
Powered by Blogger.