पहिलो दिनमै १७ हजार बढीले भरे इपिएसको फारम
काठमाडौं, वैशाख ४ । रोजगार अनुमति प्रणली (इपिएस) परीक्षामार्फत कोरियाको रोजगारीमा पठाउन सरकारले आवेदन मागेको पहिलो दिन बिहीबार मुलुकभरबाट १७ हजार ४ सय ३८ युवायुवतीले फारम भरेका छन् ।
मुलुकभर राखिएका १० केन्द्रबाट वैशाख ६ गते ५ बजेसम्म आवेदन फारम भर्न सकिने व्यवस्था छ । कोरियामा सरकारीस्तरबाट उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार पठाउन थालिएपछि युवा आकर्षण बढ्दै गएको हो ।
कोरियाको रोजगारीमा मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गर्छ । अहिले सम्म कोरियामा २७ हजार ५ सय प्रशिक्षार्थी कामदार सरकारले पठाइसकेको छ ।
यो वर्ष थप ७ हजार १ सय कामदार पठाउने लक्षसहित बिहीबारदेखि परीक्षाका लागि फारम संकलन सुरु गरिएको हो । नयाँ पत्रिका दैनिकबाट