Header Ads

वर्षमा तीन करोडको खाना खान्छन् संविधानसभाका कर्मचारीले !

काठमाण्डौ । कार्यालय समयभन्दा अतिरिक्त काम गरेको भन्दै संविधानसभा सचिवालयले आफ्ना कर्मचारीलाई एक वर्षको अवधिमा तीन करोड रुपैयाँको खाना–खाजा खुवाएको छ ।

महालेखा परीक्षकको कार्यालयले भने उक्त रकम नियमविपरीत खर्च भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । सचिवालयले कार्यालय समयको अघिपछि काममा लगाउँदा बिहान बेलुका प्रतिछाक दुई सय ५० र बिदाको दिन सात सय ५० का दरले कर्मचारीलार्य दुई करोड ९७ लाख ६४ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रोत्साहन भत्ता उपलब्ध गराइएको अवस्थामा कर्मचारीलाई यस्तो थप सुविधा दिइएको थियो । महालेखा परीक्षकको कार्यालयले प्रोत्साहन भत्ता दिइएको अवस्थामा कर्मचारीलाई खाजा–खानाको सुविधा दिन नमिल्ने जनाएको छ ।

 अर्थ मन्त्रालयले जारी गरेको कार्यसञ्चालन निर्देशिकामा प्रोत्साहन भत्ता लागू भएका निकायमा खाजा र खानामा खर्च नदिने ब्यवस्था छ । नयाँ पत्रिका दैनिकबाट
Powered by Blogger.