Header Ads

बालिकालाई एक वर्षसम्म बन्धक बनाएर बलात्कार

महोत्तरी,चैत १९ । हरिहरपुर हरिणमरी निवासी दुई दाजुभाइले १३ वर्षीया एक बालिकालाई घरमा बन्धक बनाएर एक वर्षदेखि बलात्कार गरेको खुलेको छ ।

बारा घर भएकी यादव थरकी बालिकालाई हरिहरपुर हरिणमरी–६ का ६० वर्षीय रामबहादुर चौधरी र ५५ वर्षीय भोगेन्द्र चौधरीले बलात्कार गर्ने गरेको खुलेको हो ।

 उनीहरुले गत जेठदेखि बन्धक बनाई पालैपालो यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ । रामबहादुर अविवाहित हुन भने भोगेन्द्र विवाहित हुन् ।

भोगेन्द्रका श्रीमती र एक छोरी छन् । प्रहरीले भोगेन्द्रलाई पक्राउ गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.