यस्तो छ सुनिताको सोख
सुनिता दुलाल स्टेज कार्यक्रममा व्यस्त हुने गायिका हुन्। उनको माग स्वदेशभन्दा विदेशमा बढी हुने छ। कार्यक्रमका सिलसिलमा विभिन्न मुलुक गइरहन्छिन्।
कहिले समुद्रकिनारमा वनपिसमा देखिन्छिन् त कहिले टिसर्ट प्यान्ट लगाएर स्नो खेल्दै गरेको देखिन्छ। सार्वजनिक कार्यक्रममा भने प्राय: उनलाई विशेष डिजाइनका सारीमा देखिन्छ।
सुनिता भन्नासाथ निधारमा ठूलो टीका, नाकमा टलक्क टल्किने फुली, गाँजलु आँखा र रातो लिपस्टिक झलक्क याद आउँछ। त्यतिमात्रै होइन उनको सारी शैलीको त बजारमा चर्चा नै हुने गरेको छ।
उनी सारीकी सौखिन पनि हुन्। मञ्चमा सुनितालाई सबैभन्दा सजिलो लाग्ने पहिरन भनेकै सारी हो। 'लोकगायिकालाई सारी उपयुक्त पोसाक हो', उनी भन्छिन्, 'सारी सबैभन्दा सभ्य छ। महिलालाई सारीमा बढी आकर्षक पनि देखिन्छ।' गायिका सुनिताका शुभचिन्तक पनि उनलाई सारीमै मन पराउँछन्। घुम्न निस्केका बेला उनलाई क्याजुअल ड्रेसमा पनि देखिन्छ। तर मञ्चमा सारीमा जस्तो सहज महसुस अन्य पोसाकमा उनलाई लाग्दैन। म्युजिक भिडियोमा पनि डिजाइनरले तयार गरेका विशेष सारीमा उनलाई बढी देख्न पाइन्छ।
सुनिताको सारी शैलीमा मन पराउने धेरै छन्। उनको शैली अपनाउनेहरू त्यत्तिकै छन्। सांगीतिक प्रस्तुतिका क्रममा मञ्चमा प्रस्तुत हुँदा रातो, हरियो, नीलो, प्याजी रङका सारी लगाउन मन पराउँछिन्। सुनिताको सारी सोखकै कारण उनलाई ब्रान्ड एम्बेसडर बनाउन चाहने बुटिक धेरै छन्। आफैं सारीको डिजाइन गर्न रुचाउने सुनिताको सारी कलेक्सनमात्र सयभन्दा माथि छ। सिफनका साधारणदेखि 'पार्टी वेयर' सारी कलेक्सन गरेकी उनीसँग पाँच सय रुपैयाँदेखि ४० हजार रुपैयाँसम्मका सारी छ।
नयाँ पुराना कुनै पनि डिजाइनका सारीको उनीसँग कमी छैन। उनले लगाएका ४० भन्दा बढी सारी विशेष मूल्यमा बिक्री भइसकेका छन्। तीमध्ये ३५ वटा सारी त क्यानडामा मात्रै बिक्री भएका छन। प्राउ: डिजाइनरलाई उनी आफ्नै डिजाइन दिएर सारी तयार गर्न लगाउँछिन्। सुनिताले राजधानीका नाम चलेका बुटिकका सारी लगाइसकेकी छन्।
उनी उत्तमस क्रिएसन, ड्रिम वेयर, ओढनी, वुमन प्लानेटलगायतका बुटिक का सारी लगाउने गरेकी छन्। उनी केही वर्षपछि आफैं बुटिक खोल्ने योजनामा छिन्।-स्रोत/अन्नपूर्ण पोस्ट बाट