Header Ads

गोलरक्षक किरण चेम्जोङ गम्भीर बिरामी

क्वालालम्पुर,चैत २२। नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ मलेसियामा गम्भीर बिरामी भएका छन् । करिब डेढ साताअघि मलेसिया भ्रमणमा आएका थ्री स्टारका किरण फोक्सोमा समस्या देखिएपछि एक सातादेखि यहाँको सेरम्बानस्थित अस्पतालको सघन कक्षमा उपचाररत छन् ।

 दूतावासका श्रम सहचारी बुद्धिनारायण भट्टराईका अनुसार किरण घुमघामका क्रममा डेढ साताअघि क्वालालम्पुरदेखि झन्डै ४ सय १३ किमि उत्तर पश्चिमी पर्यटकीय टापु ‘लङावी’मा बिरामी परेका थिए ।

उनलाई त्यहाँ हेमातेमाइसिस (बान्ता गर्दा रगत आउनु) भएको र पछि केही सुधार आएपछि एकसाताअघि स्रब्रान ल्याइएको थियो । उनको स्वास्थयमा हाल सामान्य सुधार आएकाले भेन्टिलेटरमुक्त अवस्थामा राखिएको छ र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ,आजको कान्तिपुर दैनिकमा खबर छ ।
Powered by Blogger.