Header Ads

पारस आएलगत्तै किन दिल्ली जाँदै छिन् हिमानी ?

काठमाडौं,चैत २२ । पूर्वयुवराज्ञी हिमानी शाह आइतबार नयाँदिल्ली जाने भएकी छन् । पूर्वयुवारज पारस शाह काठमाडौं आएको तीन दिनपछि उनी दिल्ली जान लागेकी हुन् ।

१९ चैतमा थाइल्यान्डबाट फर्केका पारससँग हिमानीले भेट गरेकी छैनन् ।  पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता दिल्ली जाने कार्यक्रम छ । उनको भ्रमणको चाँजोपाँजो मिलाउन हिमानी दिल्ली जान लागेको निर्मलनिवास स्रोतले जनाएको छ ।

दिल्लीमा यसपटक पूर्वरानी कोमल शाहको उपचारका लागि पूर्वराजपरिवारले केही समय खर्चिनेछ । ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिना पनि हिमानीका साथमा आइतबारै नयाँदिल्ली जाने कार्यक्रम छ ।

‘यसै साता पूर्वराजा पनि दिल्ली जानुहुन्छ,त्यसको चाँजोपाँजो मिलाउन पूर्वयुवराज्ञी दिल्ली जान लाग्नुभएको हो,’ निर्मलनिवास स्रोतले भन्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.