Header Ads

अाज नेपाली बक्स अफिसमा तीन फिल्मको भिडन्त

काठमाडौं । वर्षकाे अन्तिम शुक्रबार अाज नेपाली बक्स अफिसमा तीन नयाँ नेपाली फिल्मको भीडन्त हुँदैछ । 'नाई नभन्नू ल ३', 'सेतो बाघ' र 'हवल्दार सुन्तली' । पहिले नै दुइटा 'नाई नभन्नु ल' हिट भएपछि विकास आचार्यले यसपटकको फिल्मको निर्देशन मुस्कान ढकाललाई सुम्पिएका छन् ।

फिल्ममा आर्यन सिग्देल, सुरजसिंह ठकुरी, संचीता लुइँटेल, प्रियंका कार्की आदि कलाकारले अभिनय गरेका छन् । पहिलेदेखि नै हिट भएको श्रृंखला, स्टारकास्ट र संगीतका कारण यो फिल्म चर्चामा अगाडि देखिएको छ । यता, डायमनसमशेर राणाको चर्चित उपन्यास 'सेतो बाघ'मा आधारित भएर बनाइएको नीर शाहको 'सेतो बाघ'ले पनि एकथरी दर्शकलाई आकषिर्त गर्ने अनुमान गरिएको छ ।
ठूलो स्टारकास्ट नभए पनि ऐतिहासीक विषय र यस्ता विषयमा फिल्म बनाउन माहिर मानिने निर्देशक नीर शाहका कारण यसको संभावनालाई पनि नकारिएको छैन । भोलि रिलिज हुने तेस्रो फिल्म 'हवल्दा सुन्तली'लाई पनि कम आँकिएको छैन । छवि ओझाले निर्माण गरेको तथा ऋषि लामिछानेले निर्देशन गरेको यो फिल्ममा शिल्पा पोखरेल, सविन श्रेष्ठ र किशोर खतिवडा लगायतका कलाकारले अभिनय गरेका छन् ।

मसालेदार फिल्मको खोजीमा रहने दर्शकले यो फिल्म मन पराउने अनुमान गरिएको छ । 'नाई नभन्नू ल ३'ले केही दिन अघि काठमाडौंमा ग्रयान्ड प्रिमियर गरिसकेको छ । यो फिल्म र 'हवल्दार सुन्तली'ले आक्रामक प्रचार गरिरहेका छन् । याे भिडन्तमा कसले बाजी मार्ला भन्ने केही दिनमा थाहा हुनेछ ।
Powered by Blogger.