Header Ads

चर्चित २३ वर्षीय नायिकाले गरिन् झुण्डिएर आत्महत्या` !

कोलकत्ता । बांग्ला टिभी सिरियलकी २३ वर्षीय नायिका दिशा गांगुलीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् । यो खबर सुन्ने वित्तिकै उनकी साथी सुचन्द्रा बनर्जीले पनि ट्रेनको अगाडि गएर आत्महत्याको प्रयास गरेकी छन् । उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

दिशाले किन आत्महत्या गरिन र सुचन्द्राले किन आत्महत्याको प्रयास गरिन् भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । दिशाका बाबु पूर्वी अफ्रिकामा रहेका छन् भने उनकी आमा केही समयअघि बाबुसँग गएपछि उनी कोलकत्ताको पर्णेश्री भन्ने स्थानमा फ्ल्याटमा बस्दै आएकी थिइन् । दिशा र सुचन्द्रा एकै स्थानमा बस्ने र मिल्ने साथी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीहरु दुवैले बांग्ला सिरियल ‘तुमी आसवे बोले…’ लगायत केही सिरियलहरुमा सँगै काम समेत गरेका थिए । दिशा सिरियल शुटिङका क्रममा बेलियाघाटाका निभान घोषसँग प्रेममा परेकी थिइन् । उनीहरु दुवैजना बुधबार आइपीएलको उद्घाटन खेल हेर्नका लागि इडन गार्डेन गएका थिए ।< त्यहाँबाट फर्किएपछि दिशा निभानको घरमा खाना खाएर फर्किएकी थिइन् ।

बिहीबार बिहान फोन गर्दा नउठेपछि निभान त्यहाँ पुगेर प्रहरी लगी बन्द ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनको शबलाई पोष्ट मार्टमका लागि अस्पताल पठाएको छ । प्रहरीले उनको अन्तिम फोन कलहरुबारे छानविन सुरु गरेको छ । स्रोतका अनुसार दिशा र सुचन्द्राबीच अन्तरंग सम्बन्ध रहेको थियो ।

सो थाहा पाएपछि दिशाकी आमाले सुचन्द्रालाई घरबाट निकालिदिएकी थिइन् । दिशाको मृत्युबारे कसले जानकारी दियो भन्नेबारेमा प्रहरी अनुसन्धानमा रहेको छ ।
Powered by Blogger.