Header Ads

सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप प्रदर्शन गर्ने १६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, चैत २६ । सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप प्रदर्शन गर्ने १६ जनालाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले सावर्जनिक अपराध सजाय ऐनअन्तर्गत आज मुद्दा दर्ता गरेको छ ।

उनीहरूलाई रत्नपार्क तथा लैनचौर क्षेत्रबाट बुधबार पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये दश महिला, दुई पुरुष र चार तेस्रो लिङ्गी रहेको बताइएको छ ।

 प्रहरी परिसरका प्रवक्ता विश्वराज पोखरेलले साँझको समयमा सामाजिक मर्यादा र सर्वसाधारण नागरिकको प्रतिष्ठामा आँच पुग्ने किसिमका अश्लिल शब्द तथा यौनजन्य हर्कत प्रदर्शन गरेका कारण उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो ।

मौखिकरुपमा यस्ता क्रियाकलापविरुद्ध पटकपटक उजुरी आएको र सामाजिक सञ्जालमा समेत यसका बारेमा समाचार आउन थालेपछि आफूहरूले अनुसन्धान गरेको उहाँले बताउनुभयो ।

 अनुसन्धानका क्रममा उनीहरूलाई यौनजन्य अपिल गरिरहेको भेटिएको उहाँले बताउनुभयो ।
Powered by Blogger.