Header Ads

प्रचण्डको हत्या गर्न लागेको आरोप कारबाही

काठमाडौं, चैत १८ । एकीकृत नकेपा माओवादी अध्यक्ष प्रचण्डको हत्या योजना बनेको भन्दै पार्टीकै केन्द्रीय सदस्यले दिएको सार्वजनिक अभिव्यक्ति निराधार भएको जनाएको छ ।

एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले बुधबार विज्ञप्ती निकालेर प्रचण्डको हत्या योजनाबारे सार्वजनिक अभिव्यक्ति दिने केन्द्रीय सदस्यद्वय अशोक जैसवाललाई कारबाही गर्ने बताएका छन् ।

‘पार्टी यस प्रकारको निराधार र भ्रामक प्रचारवाजीलाई पूर्ण रुपमा अस्वीकार गर्दछ’ विज्ञप्तीमा भनिएको छ ‘पार्टीद्वारा यस्तो गम्भिर, संगीन र निराधार आरोपबारे छानबिन गरी पार्टी पद्धती अनुसार समुचित कारबाही प्रकृया अघि बढाइने छ ।’

सभासद समेत रहेका एमाओवादीकै पोलिटब्यूरो सदस्य प्रभु शाहले प्रचण्डलाई हत्या गर्न गिरोह परिचालन गरेका भनी अशोक जैसवाले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
Powered by Blogger.