Header Ads

रहिनन् संसारकै सबैभन्दा जेठी महिला - मिसाओ ओकावा

एजेन्सी । संसारकै सबैभन्दा जेठी महिला जापानकी मिसाओ ओकावाको १ सय १७ वर्षको उमेरमा बुधवार निधन भएको छ।

सन् १९९८मा जन्मिएकी ओकावालाई सन् २०१३ मा गिनिज बुकले संसारकै जेठी महिलाको प्रमाणपत्र दिएको थियो। उनले यसै महिना आफ्नो जन्मदिन मनाएकी थिइन।

उनको जन्मदिनको कार्यक्रम राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। उनको जीवनकालमा जापानमा ४ ओटा सम्राट, बेलायतमा ६ राजा÷महारानी र अमेरिकमा २० ओटा राष्ट्रपति फेरिएको बिबिसीले जनाएकोछ।

गिनिजबुकका अनुसार संसारमा सबैभन्दा बढी बाँच्ने मानिस फ्रान्सका जेन्न काल्मेन्ट हुन। १ सय २२ वर्ष १ सय ६४ दिन बाँचेका काल्मेन्ट १९९७ को अगस्टमा निधन भएको थियो।
Powered by Blogger.