Header Ads

स्पन्दन " गीति दस्तावेज लोकार्पण सम्पन्न

काठमाडौं । संगीतको भाषा नबुझ्ने र मन नपराउने सायद बिरलै पाइन्छन।बालक होस या बूढो संगीतले सबैलाइ भुलाइरहेकै हुन्छ। वर्तमान अवस्थालाई केलाएर हेर्दा नेपाली गित संगीतको बजार आर्थिक रुपमा माथी उठ्न नसकेपनि निर्माण र स्रोता साथै दर्शकको नजरमा अब्बल स्थानमा रहेको तितो सत्य सर्वबिधितै छ।प्रबासमा बस्ने श्रष्ठा अनि कलाकारको नेपाली गित संगीतको मोह गहिरो रहेको छ। संगीतलाई "जीवनको साथी " सम्झनु हुने प्रबासी गितकार द्वय अनिल बानिया र राजकुमारी श्रेष्ठको गीति दस्तावेज आज रेडियो नमस्ते नेपाल अनलाइन मार्फत बिधिबत रुपमा बिमोचन भएको छ। नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका अध्यक्ष श्री रामशरण बानियाको प्रमुख आतिथ्यमा सप्पन्न सो कार्यक्रममा स्पन्दन एल्बमका संगीतकार दिपक शर्मा ; गायिका सहिमा श्रेष्ठ ; मोडेल द्वय भुपेन बानिया र जनबी बस्नेत तथा स्पन्दनका म्युजिक भिडियोहरु "दिलको पाना " र " पाउजुको छमछम" दुबै म्युजिक भिडियो छायांकन एवम सम्पादक कर्ता ओमप्रसाद प्रसाईं स्काइपकलमा उपस्तिथि हुनुभएको थियो। करिब दुइघण्टा सम्म प्रत्यक्षप्रसारण गरिएको उक्त बिमोचन कार्यक्रम रेडियो नमस्ते नेपालका होस्टिंग म्यानेजर बिश्वराम दुलालले संचालन गर्नु भएको थियो भने संस्थाका महासचिव दिपक शर्मा ; बन्दना सेढाई ; माया श्रेष्ठ ; माया राना लगाएत एक दर्जन संस्थाका साथीहरूले बधाइ तथा शुभकामना दिनुभएको थियो।कार्यक्रमको अन्त्यमा गीतकार द्वय अनिल बानियाँ र राजकुमारी श्रेष्ठले एल्वम बिमोचन कार्यक्रममा संचालन ,उपस्थिति महानुभाव , समस्थ नमस्ते नेपाल परिवार र रेडियो सुनेर बस्नुहुने श्रोताहरुलाई कार्यक्रम सफल पारिदिनु भएकोमा हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो | यसरी बृहत कार्यक्रमको साथमा " स्पन्दन " गीति दस्तावेज लोकार्पण सु- सम्पन्न भयो ।
Powered by Blogger.