Header Ads

सन् २०३२ मा पृथ्वी धोस्त बैज्ञानिक देखि ज्योतिषको भविष्यवाणी

के संसारको अन्त्य हुने दिन आउन लागेको हो ? कलियुगको अन्त्यमा प्रलय हुने शास्त्रहरुमा पनि उल्लेख छ । तर संसारको अन्त्य हुने चर्चा पछिल्लो समय बढेर गएको छ । खगोल शास्त्रीहरुले धुम्रकेतु अर्थात पुछ्रे ताराका कारण संसारमा प्रलयको खतरा बढेको चर्चा गर्न थालेका छन् ।

पुच्छ्रे तारा पृथ्वीसँग ठोक्किएमा पृथ्वीमा प्रलयको अवस्था सृजना हुने उनीहरुको भनाइ छ । गत वर्ष मात्र टाइम पत्रिकाले पुच्छ्रे तारा अर्थात छुद्र ग्रह द्रुत गतिमा पृथ्वी तर्फ बढ्दै गरेको समाचार प्रकाशित गरेको थियो । यो तारा एकदम शक्तिशाली हुने बताइन्छ । यो पृथ्वीमा ठोक्किएमा ५० वटा परमाणु बम विष्फोट भए जत्तिकै विनाश हुने बैज्ञानिकहरु बताउँछन् । टाइमका अनुसार यो छुद्र ग्रह आगामी १८ वर्षभित्र पृथ्वीमा ठोक्किने सम्भावना छ । र यसबाट हुने विनाश कल्पना बाहिरको कुरा रहेको बैज्ञानिकहरुको भनाइ छ ।

युक्रेनका एक खगोलशास्त्रीले एक विशाल पुच्छ्रे तारा पृथ्वीतर्फ आइरहेको टाइमलाई बताएका थिए । टिबी १३५ नाम दिइएको यो पुच्छ्रे तारा सन् २०३२ अगष्ट २६ मा पृथ्वीसँग ठोक्किने उनको दावी छ । अन्य देशका खगोलविद्हरुले पनि यो भनाइलाई समर्थन गरेका छन् । तर बैज्ञानिकहरुबीच भने यो विषयमा एक मत छैन । १३ सय ५० फुट लामो यो चट्टानी पुच्छ्रेतारा एक दिन न एक दिन पृथ्वीमा ठोक्किने र यसबाट २५ सय मेगाटन टिएएनटी बराबर शक्ति पैदा हुने उनीहरु बताउँछन् ।

सन् २०१३ मा रुसको चेलिबिन्स्कमा एक पुच्छ्रे तारा खसेको थियो । १९ किलोमिटरको गतिमा उक्त तारा खसेको स्थानमा निक्कै ठूलो क्षति भएको थियो । हजारौं घरका झ्याल फुटे भने घरहरु समेत हल्लिएर नोकशानी भयो । यो विष्फोट हिरसिमामा अमेरिकाले खसालेको परमाणु बम भन्दा ३० गुना शक्तिशाली थियो । यो घटनामा सयौं मानिस घाइते भएका थिए । यद्यपी यो निक्कै सानो टुक्रा मात्र थियो । यसको लम्बाइ १ हजार मिटर थियो । बैज्ञानिकहरुलाई यसको खोजी गर्न भ्याइ नभ्याइ भएको थियो ।

सन् २०८० मा पनि यस्तै खतरा बैज्ञानिकहरुले अर्को पुच्छ्रे तारा पनि पृथ्वी तर्फ अघि बढिरहेको छ । यसको नाम १९५० डिए हो । हालको गति कायम रहेमा सन २०८० मा यो तारा पृथ्वीमा ठोक्किने छ । यसको ब्यास १ हजार मिटर छ र यो पृथ्वीमा ठोक्किँदा ३८ हजार किलोमिटरको गतिमा ठोक्किने छ ।

तर यो अहिलेको गतिमा घुमिरहेमा भने पृथ्वीमा आउनु अघी नै गुरुत्वाकर्षणका कारण टुक्रा टुक्रा भैसक्ने छ । अधिकाँश बैज्ञानिकहरु यस्ता ताराहरु सूर्यको किरणका कारणको प्रभावले नष्ट हुन्छन् र पृथ्वीमा पुग्नु अघि नै विनष्ट भैसक्छन् । -एजेन्सीको सहयोगमा ।
Powered by Blogger.