Header Ads

साँझ ५ बजेबाट खुल्यो पहिलो दिनको बन्द !

काठमाडौं, चैत २४ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आहृवान गरेको नेपाल बन्द खुलेको छ । पहिलो दिनको बन्द साँझ ५ बजेबाट बन्द खुलेको मोर्चाले जनाएको छ ।

थप आन्दोलन फिर्ता लिने नलिनेबारे छलफल गर्न ३० दलीय मोर्चाको बैठक बोलाइएको छ । दिन दिने बन्दको पहिलो दिन देशभरको जनजीवन प्रभावित भएको छ ।

देशभर यातायात चलेनन् भने उद्योग कलकारखाना, बजार ठप्प भएको छ । राजधानीको विजुलीबजार क्षेत्रमा दिनभर तनाव भयो ।

बन्दकर्ता र प्रहरीबीच पटक-पटक झडप भएको थियो । संखुवासभा, लहान लगायतका स्थानमा बन्दकर्ता र स्थानीयबीच झडप समेत भएको छ ।
Powered by Blogger.