Header Ads

बाग्मती सफाइ महाअभियानमा हजारौँको सहभागिता - भिडियोसहित

काठमाडौँ, चैत २८ । बाग्मती सफाइ महाअभियान १००औँ हप्ता विशेष कार्यक्रम सुरु भएको छ । सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा हजारौँ ले सहभागिता जनाएका छन् । राष्ट्रिय गानबाट सुरु भएको महाअभियान बाग्मती नदी प्रणालीको सरसफाइ सम्बन्धमा आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

 महाअभियानमा सहभागीले ‘बाग्मती नदी सफा गछौँ’ ,‘सफा गर्न सक्छौँ’ ‘हामीले नगरे कसले गर्छ’, ‘अहिले नगरे कहिले गर्ने’ भन्ने सपथसमेत लिएका छन् । बाग्मती सफाइ महाअभियानका अभियन्ता मुख्यसचिव लीलामणि पौड्यालले सुन्दरीजल ओख्रेनी माविमा सफाइको नेतृत्व गर्नुभएको छ । रासससँग उहाँले ८ः१५ सम्ममा मानव साङ्लो बनिसक्ने प्रतिक्रिया दिनुभयो । सफाइ महाअभियान एक सय हप्ता पुगेको अवसरमा बाग्मती नदीमा ५६ किलोमिटर क्षेत्रमा लामो मानव साङ्लो बनाइएको छ । बाग्मती नदी किनारको दुवै क्षेत्रमा हजाराँै नागरिक सहभागी भएका छन् ।
सफाइका लागि सरकारले विभिन्न मन्त्रालयका १३ जना सचिवलाई विभिन्न १३ स्थानमा संयोजक तोकेको छ भने विभिन्न क्षेत्रमा स्थापित १२ जना व्यक्तित्वलाई समन्वयकर्ताको जिम्मा दिइएको छ । उहाँहरु आ–आफ्ना तोकिएका क्षेत्रमा उपस्थित भई सफाइ अभियानमा सहभागी हुनुभएको छ । सफाइ महाअभियानमा मानव साङ्लो बनाइएको छ र मानव सभ्यताको मुहानको रुपमा लिइएको नदी सफा गराँै भन्ने सन्देश दिन खोजिएको छ । विश्वका पुरानो मानव सभ्यतामध्ये बाग्मती सभ्यता पनि एक हो ।

‘बाग्मती बा’ का रुपमा परिचित हुतराम वैद्यले सुरु गर्नुभएको बाग्मती सफाइ अभियानले आज सार्थकता पाउन लागेको हो । बाग्मती सफाइ अभियान २०७० जेठ ५ गतेबाट सुरु भएको हो । प्रधानमन्त्री सुशील कोइराला पशुपतिनाथ–तिलगङ्गा क्षेत्रमा सहभागी हुनुहुने उहाँका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । यस्तै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली थापाथली क्षेत्रमा सहभागी हुनुभएको छ । त्यस्तै एमाले उपाध्यक्ष भीम रावललगायतका नेताहरु सो क्षेत्रमा सहभागी हुनुभएको छ ।
Powered by Blogger.