Header Ads

चर्चित गायक शर्माको मस्कोमा भव्य स्वागत

मस्को । रुसको राजधानी मस्कोमा आयोजना गर्न लागिएको ‘नयाँ वर्ष साँस्कृतिक साँ’मा सहभागी हुन चर्चिच गायक हेमन्त शर्मा मस्को पुग्नु भएको छ। गैरआवासीय नेपाली संघ रुस रास्ट्रिय समन्वय परिषद र नेपाली छात्र संघ जनमैत्री विश्व विद्यालयको संयुक्त तत्वावधानमा यही अप्रिल १२ अपरान्ह ३ बजे मस्कोस्थित जनमैत्री विश्व विद्यालयको इन्टरक्लवमा नेपाली नववर्ष २०७२ को सांस्कृतिक साँझ सम्पन्न हुन गैरहेको छ ।
उक्त कार्यक्रमका अप्रिल ९ मा नेपालबाट मस्को आउनु भएका लोकप्रिय गायक हेमन्त शर्मा लाई गैरआवासीय नेपाली संघ रुस रास्ट्रिय समन्वय परिषदका कार्यबाहक अध्यक्ष डिल्ली खरेल सुमन ,महिला संयोजक मीना शर्मा अधकारी ,पूर्व सचिव गणेश रामदाम र नेपाल खेलकुद तथा सांस्कृतिक समाजका ,उपाध्यक्ष रामेश्वर गौतमले खादा ओढाएर एरपोर्टमा स्वागत गर्नुभएको थियो ।

उक्त कार्यक्रमलाइ निर्धारित रुपरेखा बमोजिम सफल पार्ने काममा नेपाली राजदूतावास, नेपाली छात्र संघ जनमैत्री विश्व विद्यालय, नेपाल खेलकुद तथा सांस्कृतिक समाज, नारी निकुञ्ज, नेपाल(रुस सी आइ एस उद्ध्योग तथा व्यापार संघ, मस्कोमा कार्यरत नेपालीहरु,नेपाली कम्पनीहरु लगायत मस्कोबासी नेपालीहरुको सक्रिय सहभागिता देखिएको छ ।

अप्रिल१२ मा हुने कार्यक्रमको संक्षिप्त रुपरेखा र आकर्षणहरु:

– नववर्षको शुभकामना संदेश

– जनमैत्री पत्रिकाको लोकार्पण

– उत्कृष्ठ अंक ल्याउन सफल विध्ह्यार्थीहरुलाई फूलकुमारी महतो छात्रवृत्ति वितरण

– विद्यार्थी भाइ बहिनीहरुबाट गीत र नृत्य प्रस्तुती

– नेपालबाट आमन्त्रित कलाकारहेमन्त शर्मा को विशेष संगीत्यिक प्रस्तुती

-जनमैत्री भाग्य २०७२ (चिट्ठा)” कार्यक्रम

– कलाकारहरुको सम्मान सहित धन्यवाद ज्ञापन

नोट : कार्यक्रम ३ बजेदेखि शुरु हुने र प्रवेश-पासको व्यवस्था गरिएकोले समय मै उपस्थित भै दिन हुन आयोजक परिवार यहाँहरुलाई विशेष अनुरोध गर्दछ | कार्यक्रम अवधि झन्डै ४ घण्टा लामो हुने देखिन्छ र इन्टरक्लवभित्र खाने-पानी बाहेक अन्य चमेना वा चिया-पानको प्रवन्ध मिलाउन निषेध गरिएको कारण केहि असुविधा हुन नसक्ने देखिएकोले हामी क्षमाप्रार्थी छौं |

इन्टरक्लवमा हुने “नव-वर्ष सांगीतिक साँझ” (LIVE CONCERT) कार्यक्रममा उपस्थित हुन इच्छुक महानुभावहरुले अहिलेसम्म पनि प्रवेश -पास पाउनु भएको छैन भने गैरआवासीय नेपाली संघ, रुस रास्ट्रिय समन्वय परिषदका कार्यकारी सदस्य मित्रहरुलाई समय मै सम्पर्क गरी आफ्नो प्रवेश- प्रकृया सहज एवं सुनिश्चित बनाउन सक्नु हुनेछ | साथै उक्त कार्यक्रममा नेपाली छात्र संघले “जनमैत्री भाग्य २०७२ (चिट्ठा)” कार्यक्रम आयोजना गर्दैछ, त्यसैले तपाईहरु कसैलाई चिट्ठाको टिकट आग्रिम बुकिङ्ग गर्न चाहनु हुन्छ भने निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला…..

१. किरण रानाभाट : +7 926 913 36 49
२. मिलन कट्टेल : +7 985 414 92 96
स्थान: इन्टरक्लव, जनमैत्री विश्व विद्यालय
मिति र समय :अप्रिल १२ अपरान्ह ३ बजे
Powered by Blogger.