Header Ads

मैना सुनुवार र सरला अझै बाकसमै

काठमाडौं,चैत २८ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागमा दुईवटा काठका बाकस छन् । बाकसबाहिर एउटामा लेखिएको छ,मैना सुनुवार । अर्कोमा नाम छ,सरला सापकोटा । १५ वर्षका सुनार–सापकोटा द्वन्द्वकालमा सुरक्षाफौजले पक्राउपछि बेपत्ता बनाइएका थिए ।

बेपत्ता भएको वर्षौपछि मानव अधिकार आयोग र अधिकारवादी संस्थाको पहलमा सुरक्षाकर्मीले गाडेको ठाउँबाट उनीहरुको शव निकालिएको थियो । तत्कालीन शाही नेपाली सेनाले २०६० फागुन ५ गते सुनुवारलाई घरबाट सोधपुछका लागि भन्दै पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा लगेको थियो ।

उनकी आमा देवी सुनार र अधिकारवादी संस्थाले सोधखोज गर्दा सुनवारलाई सेनाले हत्या गरेर गाडेको खुल्न आएको थियो । २०६३ चैत ९ गते राष्ट्रिय मानवअधिकार आयोगको अगुवाइमा महाराजगञ्ज अस्पतालका फरेन्सिक एक्फर्ट डा. हरिहर वस्ती सहितको टोलीले शव उत्खनन गरेको थियो ।

उत्खननपछि सुनुवारलाई ३ वटा गोली पछाडिबाट लागेको थाहा भएको थियो । धादिङको जीवनपुरबाट २०६१ साउन १ मा घरमै बसिरहेका वेला सुरक्षाकर्मीले लिएर गएको सरला सापकोटाको शव पछि केही टाढाको केवलपुर गाविसको डाँडामा पुरिएको अवस्थामा फेला परेका थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Powered by Blogger.