Header Ads

मिति: वि.सं.२०७१ साल चैत्र २४ गते । मंगलबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति तारिख, २०७१ साल वैशाख कृष्णपक्ष तृतीया तिथि, चैत्र २४ गते मंगलवार अनुसार तपाईंको राशी यस प्रकार छ

  • मेष (चू चे चो ला ली लु ले लो अ)

    Image Title परिस्थिति अनुसार चल्न सक्ने भएकोले घाटा हुने सम्भावना कम रहने छ । मित्रबन्धुको सहयोग पाइने छ । प्रेम सम्बन्धमा नयाँ आयाम थपिने छ । चाहेको कुरा पाउन सम्भव हुनेछ । गुमेको साख जोगाइ राख्न सफल भइने छ । शुभ समाचारहरु सुनिने छन् ।
  • वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

    तपार्इको यात्रा अधुरो रहने छ । कमजोर व्यक्तिको साथ र भरोशामा रहँदा सोचेको लक्ष्य पुरा गर्न असमर्थ भइने छ । लामो दुरीको यात्रा तय भएपनि अन्त्यमा फिर्ता हुनेछ । मानसिक तनाव चिन्ताको बिषय बन्ने छ । विवादको समाधान भने हुनेछ ।
  • मिथुन (का कि कु घ ङ छ के को हा)

    काल्पनिक कुरा व्यवहारमा घट्दा आफूलाई अनौठो लाग्ने छ । सपनाहरु साकार हुने छन् । घरमा धार्मिक अनुष्ठान सम्पन्न हुने छन् । समाजमा प्रतिष्ठा बढ्ने छ । आयको स्थिति मजबुत हुनेछ । सरकारी काम बन्ने छन् । नसोचेको मान्छेको सहयोग पाइनेछ ।
  • कर्कट (ही हु हे हो डा डि डु डे डो)

    जागीरमा पदोन्नती हुने ग्रह योग रहेको छ । हिम्मत र पराक्रमद्वारा गरेको कामको नतिजा मिठो हुनेछ । समय आफू अनुकूल भएकोले केही नयाँ कुराको थालनी गर्ने हिम्मत गर्नु उपयुक्त हुनेछ । रमाइला प्रसङ्गमा अधिक खर्चको योग छ ।
  • सिंह (मा मि मू मे मो टा टी टु टे)

    बिगतको गल्तीलाई सम्झेर समय खेर फाल्नु भन्दा केही नयाँ गर्ने सोच राख्नु उपयुक्त हुनेछ । गरेको कामको जस पाइने छ ।ताकेको काम पुरा हुनेछ । सरकारी काम बन्ने छन् । अरुको हित चाहने तपार्इको भावनाको उच्च कदर हुनेछ ।
  • कन्या (टो प पी पु ष ण ठ पे मो)

    समय आफू अनुकूल भएर आएको छ । केही ढिलासुस्तीको बाबजुद गरेको काम सफल हुनेछ । आर्थिक कारोवार फलिभूत हुने देखिएको छ । आत्मबल बढ्ने छ । विद्या, बुद्धि र बिबेकको प्रयोगबाट सहि प्रतिफल हात पारिने छ । शुभ कार्यको थालनी हुनेछ ।
  • तुला (र री रु रे रो ता ती तू ते)

    भनेको र सोचेको कुरा पुरा नहुने तर नयाँ कार्य शिद्ध हुने योग रहेको छ । मानवीय समवेदनाका कुराले तपार्इलाई चिन्तित बनाउने छ । परिवारको स्वास्थ्यको लागि खर्च हुने योग रहेको छ । बोलीको कारण विवादमा परिने भय रहेकोले सोचेर मात्र बोल्नु होला ।
  • वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)

    अधिक खर्च चिन्ताको बिषय बन्ने छ । व्यर्थको भागदौड मच्चिने छ । अरुको कुरालाई पुरै बेवास्था गर्दा अन्त्यमा आलोचित हुनु पर्ने ग्रह योग रहेको छ । परिवारमा असमझदारी बढ्ने छ साथै पारिवारिक बेमेलको फाइदा अरुले नै लिने छन् ।
  • धनु (य यो भा भी भू ध फा ढ भे)

    केही तितो सत्य घटनाले तपार्इको भावना परिवर्तन हुन सक्ने छ । आफूले आश गरेका मान्छेबाट अनपेक्षित व्यवहार गर्न सक्ने छ । आत्मबल कमजोर रहँदा शुभ अवसर गुम्ने भय रहेको छ । ब्यापार फस्टाउने छ । समग्रमा दिन मध्यम रहेको छ ।
  • मकर (जो जा जी खी खू खे खो गा गी)

    धन सम्बन्धी कारोवार निराशाजनक परिणाम दिनेवाला रहेको छ । अरुलाई गरेको सहयोगको प्रतिफल उच्च रहने छ । मानसिक अशान्तिले परिवारमा बेमेल हुनेछ । समय सापेक्ष चल्न नसक्दा तपार्इको शुभ अवसर गुम्न सक्ने छ सावधान रहनु होला ।
  • कुम्भ (गू गे गो सा सी सु से सो द)

    अरुको भर पर्दा तपार्इको आयश्रोत गुम्ने छ । साहसिक काममा गरेको लगानी खेर जाने छैन । भनाइ र गराईमा एकरुपता आउने छ । लामो समयबाट प्रतिक्षित कार्य सम्पन्न हुनेछ । मित्र बन्धु आफ्नो सहयोगका लागि तयार हुने छन् । शिक्षामा रुची हुनेछ ।
  • मीन (दि दू थ भ ञ दे दो चा ची)

    समय आफू अनुकूल बनेर आएको छ । सामाजिक काम सोचे अनुसार प्रतिफल दिन सक्षम रहेको छ । अपरिवर्तित मन अचानक परिवर्तन हुनेछ । गुमेको धन हात पर्ने देखिएको छ । न्यायिक कार्य बिशेष सफल हुने ग्रह योग रहेको छ । शुभ समाचार सुन्न पाइने छ ।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.