Header Ads

रोचक छ कोठीको कहानी : यस्तो कोठी हुनेले सधै सेक्सकै विषयमा सोच्छ

काठमाण्डौ । दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् भन्ने धारणा छ हाम्रो समाजमा । यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँदै आएकाछन् ।

यस्तो कोठी शरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभा अशुभ फल दिने ज्योतिषीहरु बताउछन् । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ । निधारमा कोठी हुनेहरु बलबान हुन्छन् । चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् । दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् । बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।
दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ । बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ । ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ । कानमा कोठी हुनेको आयू छोटो हुन्छ । गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ । दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ ।

 बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ । नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ । दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् । कम्मरमा कोठी हुने रोगी हुन्छन् । पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् । दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् ।

 बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् । दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् । त्यस्तै छातीमा कोठीहुनेहरु भाग्यमा हुन्छन् भन्ने प्रचलन छ । काधँमा कोठीहुनेहरु बढि जिम्मेबार हुन्छन् भन्ने कुरा ज्योतिषीहरु बताउछन् ।
Powered by Blogger.