Header Ads

जिरे खुर्सानीकी हात्ती (अंशु थापा) ले प्रवासीलाई यसरि ठग्दै

दोहा, चैत २३ । हाँस्य टेलिसिरियल जिरे खुर्सानीमा हात्तीको नामले चिरपरिचित हास्यँ कलाकार अंशु थापा मर्हजन आफ्नो अमेरिकाको भिसाको लागी भनेर सापट मागेको १ लाख ५० हजार रुपैया तिर्न नसकेर सामाजिक सन्जालमा सहयोगीको नै बधनाम गर्ने बाटो अपनाएकी छन । कतारमा कार्यरत युवा समाजसेवी ईश्वर काफ्लेले उनलाई पैसा सापट दिएका थिए ।

उनले सामाजिक सन्जाल फेसबुक मार्फत पैसा र्फित पाउन कठिन भएको उल्लेख गरेका छन । अमेरिकाको भिसाको लागी ३ लाख सापट मागेकी थापालाई उनले १ लाख ५० हजार जोगाड गरेर सापट दिएका थिए । कतारबाट र्फकेका उनले पैसा माग्दा विभिन्न वाहाना पार्दै टारेको काफ्लेले उल्लेख गरेका छन । कहिले पैसा बैंकमा हालिदिन्छु भन्दै बैंक पठाएको त कहिले पैसा लिन चर्कपथ जान भनेर झुक्याएकी उनले दिदी सम्झेर पैसा सापट दिएको फेसबुकमा लेखेका छन । हास्यँ कलाकार अंशु थापा मर्हजनले पनी विभिन्न दोष थुपारेकी छन । तर उनले लेखेको स्टाटस सत्य नभएको भन्दै कलाकारहरुले समेत उनको खन्डन गरेका छन ।

कलाकारलाई नेपालको गहना भनिन्छ तर यिनै कलाकारहरुले सामाजिक व्यक्तिको चरित्र हत्या गर्नका लागी विभिन्न वाहाना खोजेको उनको फेसबुक स्टाटसले प्रष्ट पार्छ । यदी उनको त्यो कुरा सत्य थियो भने कुनै पनी प्रस्ताव राख्ने बेलामा नै सार्वजनिक गर्न सक्नु पथ्र्यो । आफुले सापट लिएको पैसा र्फिता गर्न नसकेपछी विभिन्न लान्छना लगाउनु कहाँ सम्मको मुर्खता हो । कतारमा विगत लामो समय देखी कार्यरत युवा समाजसेवी तथा बसन्त फिल्मसका संरक्षक समेत रहेका ईश्वर काफ्लेले सापट दिएको पैसा माग्दा उल्टो आरोप खेप्नु परेको छ ।

त्यसैलाई मध्यनजर गर्दै बसन्त फिल्मस कतारले प्रेस विज्ञप्ती समेत निकालेको छ । प्रेस विज्ञप्तीमा ‘नेपाल टेलिभिजनमा प्रसारण हुदै आएको हाँस्य टेलि श्रृखला जिरे खुर्सानी मा लामो समय देखी अभिनय गर्दै आउनु भएकी श्रीमती अंशु मर्हजन भनिने महिलाबाट युवा समाजसेवी तथा बसन्त फिल्मस कतारका श्रदेय श्री ईश्वर काफ्लेमाथी बिना कुनै आधार अनी बिना कुनै प्रमाण विभिन्न आरोप र लाल्छना लगाउँदै उहाँको चरित्र हत्या गर्ने दुसप्रयास गरिएको छ ।

राष्ट्रको गहना कहलाईने एक प्रतिष्ठत कलाकारबाटै सदैव कलाकारहरुको हित र अधिकारको लागी लड्दै विभिन्न सामाजिक कार्यमा आफुलाई समर्पित गर्ने एउटा व्यक्तित्वमाथी एकाएक यसरी कपोकल्पित रुपमा झुठा आरोप लगाउदै चरित्र हत्या सम्मको दुषप्रयत्न गरिनु बडो र्दुभाग्य र दुःखको कुरो हो र उक्त कपोकल्पित र षडयन्त्रपुर्वक रचाईएको घटनाप्रती बसन्त फिल्मस कतार घोर निन्दा प्रकट गर्दै सम्बन्धित निकाय , संघ संस्थाहरु समक्ष घटनाको आवश्यक छानविन र दोषिमाथी यथासक्य रुपमा शसक्त कारवाहीको माग गर्दछ ।

 ’ उल्लेख छ । कतारमा दुःखमा परेका हरेक नेपालीहरुलाई सहयोग गर्ने काफ्लेले नेपालमा समेत विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याईरहेका छन । उनले यस घटना प्रती दुख प्रकट गर्दै अनायासै दुख दिन खोजिएको भन्दै हामीलाई पैसा पठाएको रसिद समेत दिएका छन । यस घटनाको छानबिन हुन जरुरी देखिएको छ ।
Powered by Blogger.