Header Ads

मिति: वि.सं.२०७१ साल चैत्र २३ गते । सोमबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति तारिख, २०७१ साल चैत्र शुल्क पक्ष, द्वितीया तिथि, चैत २३ गते सोमबार अनुसार तपाईंको राशी यस प्रकार छ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। कामबाट विश्राम पाइनुका साथै परिवारजनका साथ आनन्दमा समय बित्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको पनि योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
केही प्रतिस्पर्धापछि मात्र फाइदा उठ्नेछ। ढिलै भए पनि काममा सफलता भने मिल्नेछ। तर, केही चुनौती भने सामना गर्नुपर्ला। कामको प्रतिस्पर्धाले शत्रुता बढ्न सक्छ। ईर्ष्या गर्नेहरूले पनि सताउन सक्छन्, सचेत रहनुहोला। प्रयत्न गर्दा दीर्घकालीन काम सुरु हुन सक्छ। व्यापार र यात्राको व्यवस्थापनमा खर्च हुनेछ। आर्थिक कारोबारमा पनि निकै नै सजगता अपनाउनुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि बाधा हुन सक्छ। व्यापार व्यवसायमा सामान्य मात्र फाइदा उठाउन सकिएला। काममा पनि अवरोध आउन सक्छ। स्वास्थ्यका लागि खानपान सजगता अपनाउनुपर्ला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोग लि“दा फाइदा उठाउन सकिनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
ढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
काममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
विभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
एक्लोपनको अनुभूति हुनेछ। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले काममा बाधा र क्षति पुग्न सक्छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि कमजोर भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने योग छ। परिवारिक आवश्यकता पूर्ति हुनेछ। श्रमको उचित मूल्यांकन होला। पितृधनको उपयोगबाट विशेष फाइदा हुने समय छ। नसोचेको फाइदा हुने समय छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
महत्वपूर्ण कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। सरकारी काममा पनि तत्काल फाइदा उठाउन सकिनेछ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला। रामै्र आयआर्जन हुने काम सुरु होला। विभिन्न अवसरले पछ्याउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने समय छ। मानसम्मान पनि बढ्ने योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
केही धनमाल हराउने वा नष्ट हुने सम्भावना छ। पठनपाठन अवरुद्ध बन्नेछ। पुरानो समस्या पुनः बल्झिन सक्छ। प्रतिस्पर्धामा कमजोर सावित भइएला। स्वास्थ्यले साथ नदिनाले आज अनायासै कामहरू रोकिन सक्छन्। कमजोरी अनुभूति हुनेछ। धेरै फाइदा नहोला। योजनाअनुसार आजका काममा जुट्न नसकिएला। धैर्य र स्वास्थ्यका लागि आराम गर्नुपर्ने समय छ।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.