Header Ads

मर्ने बेलामा हरियो काक्रो भने झैँ - सय वर्षीया पौडीबाजको कमाल

टोकियो । एक सय वर्षको उमेरमा मानिसले केके गर्न सक्छ ? एक सय वर्षमा मानिसले दैनिक क्रियाकलाप गर्नसमेत हम्मेहम्मे पर्छ । यो उमेरमा आएर शारीरलाई बढी भार पर्ने काम सायदै कसैले गर्ला ।

तर,जापानमा एक सय वर्ष उमेर कटेकी एक महिलाले पौडी प्रतियोगितामा भाग लिएर सबैलाई आश्चर्यमा पारेकी छन् ।

 माइको नागाओकाले मात्सुयामामा आयोजित मास्टर्स पौडी प्रतियोगिताको एक हजार पाँच सय मिटर स्पर्धामा भाग लिइन् । उनले उक्त दूरी एक घन्टा १५ मिनेट ५४.३९ सेकेन्डमा पार गरेकी थिइन् । सन् १९१४ मा जन्मेकी नागाओकाले ८२ वर्षको उमेरदेखि पौडी खेल्न सुरु गरेकी हुन् ।

सुरुमा उनले घुँडाको समस्याबाट मुक्ति पाउन पौडी खेल्न सुरु गरेकी थिइन् । उनले बिना प्रशिक्षण पौडी खेल्न थालेको बताइन् । सय वर्ष कटेकी नागाओका सबैभन्दा वृद्द जापानी पौडीबाज हुन।

उनीसँग अन्तर्राष्ट्रिय मास्टर्स पौडी प्रतियोगितामा भाग लिएको अनुभव छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.